नाग पञ्चमीमा सर्पको मेला लाग्ने यस्तो बिचित्रको ठाउँ हेर्नुहोस

इनेप्लिज २०७७ साउन ११ गते १२:०१ मा प्रकाशित

 

शनिवार हिन्दु धर्मावलम्बीहरुले नाग पञ्चमी पर्व मनाए ।नाग पञ्चमीमा नागको पुजा गर्ने तथा घरका ढोकाहरुमा नागको चित्र टाँस्ने चलन छ ।तर छिमेकी मुलुक भारतको एउटा गाउँमा चाहीँ नाग पञ्चमीको अवसरमा सर्पको मेला लाग्दछ ।

भारतको बिहार राज्यस्थित समस्तीपूरमा हरेक वर्ष नागपञ्चमीमा सर्प मेलाको आयोजना गरिन्छ । समस्तीपुरको सिंघिया, नरहन, डुमरिया, खदियाही, बेसही, चकहबीब, मुस्तफापुर लगायतका क्षेत्रहरुमा नागमेला लाग्दछ ।

प्रतिक्रिया