हेवेन्लीपाथले खुवायो रत्नपार्क र पशुपतिमा रहेका ५०० बढीलाई खाना

इनेप्लिज २०७७ साउन ९ गते २२:३० मा प्रकाशित

९ साउन, काठमाडौँ । हेवेन्ली पाथले रत्नपार्क र पशुपतिमा विपन्न वर्गलाई खाना खुवाएको छ । कोरोना संक्रमणका कारण देशमा जारी लकडाउनका कारण समस्या परेका झण्डै ५०० जनालाई हेवेन्लीपाथले खाना खुवाएको हो ।

अमेरिकामा रहेका हेवेन्लीपाथका यात्रीहरुको आर्थिक सहयोगमा खानाको व्यवस्था गरिएको बताइएको छ ।

हेवेन्ली पाथकी सक्रिय सदस्य तथा अमेरिकाको कनेक्टीकट राज्यकी प्रतिनिधि आइती राईको संयोजकत्वमा सुरु गरिएको उक्त खाना खुवाउन कार्यक्रममा पिए नेपालकी प्रमुख इन्दिरा राना मगरको विशेष सहयोग तथा हेवेन्लीपाथ नेपालकी केन्द्रीय सदस्य एन्जल मनु राईले संयोजकको भूमिका निर्वाह गरेको बताइएको छ । साथै गायक सुवि राईले पनि यस कार्यक्रममा सहसंयोजकको भूमिका निभाएका छन् ।

जुलाई २३ का दिन गरिएको खाना वितरण कार्यक्रममा हेवेन्लीपाथका नेपालका यात्री चन्द्र देवान, शोभा राई, हरिकला राई, प्रेरणा राई, कृष्ण राई, त्रिशला राईले स्वयमसेवीको रुपमा सहयोग गरेका थिए ।

त्यस्तै कार्यक्रम सफल पार्नका लागि हेवेन्ली पाथ अमेरिकाका सभापति सुकु राम्दाली राईले संयोजकत्वको भूमिका गरेकी छन् । अमेरिकाका विभिन्न राज्यमा रहेका हेवेन्ली पाथका यात्रीहरुको विचमा संयोजकत्य आङ्ग देवी राईले गरेकी छन् भने हङकङबाट ऐन्जेल गया राई र युकेबाट हेवेन्ली पाथका डाइरेक्टर रत्ना गुरुङ संसारभरी छरिएर बसेका पाथका यात्रीहरुको भूमिका निर्वाह गरेको बताइएको छ । साथै खानाको व्यवस्थापनमा होटल चप्लेटीका प्रमुख अनन्त राईले गरेका थिए ।

सेवा नै धर्म हो भनेर समाजसेवामा लागि परेको बताएको हेवेन्ली पाथले यसअघि नेपालका सडकमा वेवारिसे रुपमा रहेका पशुपंक्षीको लागि खाना खुवाउने अभियान समेत गरेको थियो । विश्वका १६ भन्दा बढी देशमा रहेको हेवेन्लीपाथले अमेरिकामा मात्रै १६ भन्दा बढी राज्यमा आफ्ना शाखा विस्तार गरेको जनाएको छ ।

प्रतिक्रिया