मेमोरी किङ्ग विजय शाहीको सम्झने सुत्र बारे मिडियाको लापरवाही (भिडियो सहित)

इनेप्लिज २०७७ साउन ९ गते २१:२४ मा प्रकाशित

रुद्र ढकाल हलोवाला,

विश्वकै लामो ग्रन्थ “महाभारत” लाई जम्मा दश मिनेटमा नाङ्गो आँखाले पढेर सबै पेजहरु अक्षरस पेज नम्बर सहित भन्न सक्ने खुबी भएका मानिस नेपाल मै पाउँदा हामी सबैले गौरब गर्नुपर्छ। अझै उनले कुनैपनि भाषामा लेखिएको किताबहरु क्षणभरमै आफ्नो नाङ्गो आँखाले स्क्यानिंग गरेर दिमागमा स्टोर गरी पुन त्यसलाई एकैक्षणमा भन्न र लेख्न समेत सक्ने भने पछि उनको प्रतिभालाई अचम्मै मान्नु पर्छ।

अझ अर्को कुरो, उनी कुनैपनि अलौकिक र दैविक शक्तिमा विश्वासै गर्दैनन्। र भन्छन् नेपालको शिक्षालाई प्राकृतिक तथ्यमा आधारित र बैज्ञानिक बनाउँछु। सबैलाई आफू जस्तै स्मरण गर्न सक्ने बनाउन सक्छु पनि भन्छन्। विलक्षण प्रतिभाका धनी यस्ता व्यक्ति नेपालमा जन्मिंदा हामी सम्पूर्ण नेपालीहरुले गर्ब गर्नुपर्छ।

अरुमा विद्वानहरुमा यति प्रतिभा भएको हुन्थ्यो भने उनीहरुले कि त पैसा कमाएर विश्वकै धनी बन्ने सपना देख्थे होला, कि भने विश्वलाई आफ्नो कब्जामा पार्ने नेता बन्ने महत्वाकांक्षा राख्थे होला। तर बिजय शाही भने नेपाललाई शिक्षा क्षेत्रमा विश्वकै नम्बर-१ बनाउँछु भन्छन्। त्यसमाथि पनि उनी कसैसंग पैसा नलिईकनै सबैलाई आफू जस्तै बन्ने सूत्र सिकाउँछु भन्छन्।

हाम्रो नेपालको शिक्षा मन्त्रालयका ल्वांदेहरु मन्त्रीको आँडो मोल्दै के हेरेर बसेका छन्? सोध्न मन लाग्यो। कमसे कम यस्ता प्रतिभाका धनी मान्छेलाई बेलैमा पहिचान गर्नु। अनि विभिन्न सुबिधाको ब्यबस्था गरिदिए पुग्छ। त्यस्तै हरेक सरकारी स्कूल-स्कूल र क्याम्पसहरुमा लगेर यिनको सूत्र सिकाउने बाताबरण मिलाई दिए मात्रै पुग्छ।

केही न कामको कुराहरु शेयर गरेर समय बर्बाद गर्नु भन्दा बरु कहिलेकाहीं आ-आफ्ना टाईमलाईनमा यस्ता प्रतिभाको प्रोत्साहन स्वरुप शेयर पनि गर्ने गरौं।

प्रतिक्रिया