प्रदेश सरकारले सम्पूर्ण कार्य चुस्त ,पारदर्शी एवं सुशासन साथ गरेको–मुख्यमन्त्री राई

मनोज दाहाल २०७७ साउन ९ गते १०:५० मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,९ साउन । प्रदेश नं. १ मुख्यमन्त्री शेरधन राईले सरकारले आफ्ना सम्पूर्ण कार्यहरु चुस्त, पारदर्शी एवं सुशासनका साथ गरिरहेको बताउनु भएको छ।

मुख्यमन्त्री राईले मुख्यमन्त्रीको टेवलमा रहने ड्यासबोर्डको आज शुभारम्भ गर्दै यसले विभिन्न मन्त्रालयले गरेको कार्यहरुको सम्पूर्ण विवरण सार्वजनिक गर्न एवं जनतालाई सरकारले गरेको कार्यका वारेमा सुशूुचित गराउने छ भन्नु भयो।

उहाँले प्रदेशलाई डिजिटलाईजेशन गराउने कार्यलाई यसले सहयोग पु¥याउने बताउदै प्रविधिको प्रयोगबाट जनताले छिटो छरिलो एवं सहि सूचना प्राप्त गर्ने धारणा व्यक्त गर्नु भयो।

मुख्यमन्त्री राईले ड्यासबोर्डमार्फत जनताले राखेका आफ्ना गुनासा, समस्या लगायतका सम्वोधन हुने विश्वास व्यक्त गर्नु भयो।

उहाँले सरकारले सञ्चालन गरेको भौतिक, वित्तिय कार्य प्रगतिमा वृद्धि ल्याउनका साथै विकास निर्माण कार्यहरुको अनुगमनमा सहयोग पुग्ने बताउनु भयो । मुख्यमन्त्री राईले आगामी दिनमा वोर्डमार्फत प्रदेशका १३७ पालिकामा लिङ्क जोडि मुख्य योजनाको अनुगमन, सञ्चालन, क्षमता विस्तार एवं छलफल गर्न सकिने धारणा राख्नु भयो।

स्विस सरकारको सहयोगमा स्थापना गरिएको ड्यासवोर्डमा प्रदेशका सवैमन्त्रालय, विभाग, निर्देशनालय, कार्यालय आदिका वित्तिय,भौतिक, कार्य र समग्र प्रगतिको विवरण राखिनुका साथै सामाजिक सञ्जाल,विभिन्न रेडियो मार्फत जनतालाई सही सूचना सार्वजनिक गरिने भएको छ।

प्रदेशका प्रमुख सचिव दिनेश भट्टराईले सरकारलाई नागरिकप्रति जिम्मेवार बनाउन र चस्त सुशासन र जनतालाई सुशूचित बनाउन बोर्ड उपयोगी हुने विचार राख्नु भयो।

बोर्डका प्राविधिक प्रमुख सन्तोष भुसालले मन्त्रालय वीच कार्यका लागि प्रतिस्पर्धा हुने र महालेखामार्फत खर्चको विवरण राखिने जानकारी दिनु भयो ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया