आफुसंग प्रेम नगरेको भनेर युवतीलाई एसिड हान्न लगाए ! आक्रमणकारी भन्छन् – रक्सी भनेर हानेको थिएँ, एसिड रहेछ

इनेप्लिज २०७७ साउन ९ गते १०:२२ मा प्रकाशित

काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड हान्ने भारतीय नागरिक मुन्ना मोहम्मदले साहुको निर्देशनमा एसिड हानेको बयान दिएका छन् ।

साथै, साहु रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलमले उनलाई राति नै भारततिर जान भनेको पनि मुन्नाले खुलासा गरेका छन् । तर, महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको द्रुत एक्सनका कारण मुन्ना बिहीबार राति ११ बजे पक्राउ परेका छन् ।

घटनास्थल नजिकै रहेको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा प्रहरीले मुन्नालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया