देशको राजनितिक मोडहरू नेताका रत्यौलि

इनेप्लिज २०७७ साउन ८ गते २२:२३ मा प्रकाशित

लण्डन । गाउँमा युवा, सपना र  भविष्य नै छैन भनिन्छ। तर गाउँमा सबथोक छ।यो गाउँमा बाबा-आमा छन्, स्कुल र आफ्नो पाईला हुर्किएका माटोहरु छन्। यो गाउँमा आफूलाई चिन्ने भैँसीहरु पनि छन्।

यस्तै प्यारो गाउँको जे छ गाउँमै छ।आज त्यही गाउँको मदन जी त्यो गाउँ छोडेर हिंडेको धेरै साल भयो, कतिका घर बने पद बन्यो, कतिको सान बढ्यो तर मदन आश्रितले न्याय पाएनन। हिजो तत्कालीन नेकपा एमाले भन्ने दलहरूनै नेपाल  देशकै सबै भन्दा संगठित वा धनी पार्टी थियो,हो पनि,पार्टीका सबैभन्दा प्रिय नेता हुन् मदन भण्डारी।जब मदन भन्डारिले जबजकोनै निति राजनितिक दस्तावेज पास गरेर नया  बिचार नेपालमा ल्याए,बिपी पछि भिजिनरी नेता मदन भन्नेको भिड कम्ता रहेन।तर हालनै नेकपा एमाले भन्ने दल नेपालमा छैन,न मदन जिबित छन।

जनताको बहुदलीय जनवादका राजनितक नै दस्ताबेजकारुपमा मदन एमालेका नेता बने तर केही वर्ष अगाडी यिनै नेताका नाममा भारतीय दुतावासबाट धमाधम लगानी भइरहेको खबर बजारमा आईरहेको छ।लगानि आउनु गर्ब हो, तर सो रकमबाट नेपाली समाज परिवर्तन भयो भएन ? यसबाट कति परिवार वा समाज सेवाग्राही बने ?केही अमुक मानिसको  मागि खाने गरिखाने भाडो बन्यो, बहस हुने छ र हुनु पर्छ पनि।

जब मदन र आश्रित दुर्घटना  भएसि यो लगानी कति भयो ? प्रष्टाइएको छैन।तर  आश्रित सगै मरे, मान समेत छैन तर मदनका ई नाममा करोडौं लगानी भारतिय सत्ता र नेपाल सरकारको समेत भइसकेको नेकपा भित्रै चर्चा छ,भने धेरै रकम भारतिय सरकारले लगानी गरेको प्रष्ट छ।

यो लेखमा पैसा आएको सग  बिरोध होईन, लगानी कहा गयो, कसरी भयो यो बहस ?  भूपू एमाले नेता मदनको नाममा एमालेका  भिन्दाभिन्दै एनजिओ देशैभरि छन्।तर मदन भण्डारी फाउण्डेशन र मदन भण्डारी अध्ययन केन्द्र,मदन आश्रित फाउण्डेसन मुख्य तीनवटा एनजिओ चलाएका छन। एमाले दलका प्रमुख नेता जागिरे रहेको प्रस्टै देखिन्छ। समाजप्रति सो संस्थाले कति आयमुलक काम गर्यो,कति रकम खर्च भो,आज सम्म बहस भएको सुनिदैन।हरेक चिजको सपना  हुन्छन,एक पशु त बढेर,मोटो र ठूलो भए सम्म बाच्छ,तर यहा देशको राजनितिक मोडहरू नेताको रत्यौलि भहिरहेको छ।

मदन भण्डारी फाउण्डेशन नामको एनजिओ केपी ओली एमालेको अध्यक्ष नभइन्जेल यहा पार्टीको समानान्तर कमिटि जस्तो  थियो । राष्ट्रपति निर्वाचित हुनु पुर्व फाउण्डेशनका अध्यक्ष विद्यादेबी भण्डारी थिईन।तर हाल भण्डारी रास्ट्रपति बने पनि अन्य भूपु एमाले नेता जागिरे छन।मलाई के लाग्छ भने  देशमा नेताले गरेका राम्रा कामको धेयमा यहा लगानि सरकारले गर्दछ।

यो आम लजिकता नै हो तर यहा केही मुठ्ठी भरका मानिसले रोजी, वा रोटी जस्तो बनाए।नेता श्री मदन भण्डारीको नाममा रहेको यो  फाउण्डेशनमा कलेज लगायत सयौ करोडमा विद्यादेबी भण्डारीको कार्यकालमा मात्र तिनै भारतीय दुतावासले करोडौं रुपैया लगानीहरू गरेको एैनामा छ। हाल बिद्दा राष्ट्रपति निर्वाचित भएसंगै उनले फाउण्डेशनको अध्यक्षमा आफ्नी जेठी छोरी उषाकिरण भण्डारीलाई नियुक्त गरेर जागिर खादैछन।अहिले पुन फाउण्डेशन लाई चीनले समेत राम्रै लगानी फाउण्डेशनका जिल्लाहरू समितिहरुमा समेत लगानि गरेको छ।

ओली प्रम पक्षधर नेताहरु फाउण्डेशनको जिल्ला नै नेतृत्वमा छन् ।यो काभ्रे लगायत जिल्लामा करोडका शालिक बनिसकेका छन।यो क्रम नै जारी छ। जिविकोपार्जन समेत हुनेगरी फाउण्डेशनले  जिल्लामा कार्यक्रम गर्दै आएको छ तर बरिष्ठ माधबकुमार नेपाल पक्षधरले फाउण्डेशनमा  अवैधरुपमा लगानी भएको ,धनराशी संकलन गरेको भन्दै केही दिन सार्वजनिकरुपमै विरोध गर्दै आएका छन्।

जननेताका रुपैमा परिचित भण्डारीको नाममा खोलिएको र उनकै परिवारले नेतृत्व गरेको फाउण्डेशनले कहांबाट कति रकम लिएको छ भन्ने अहिलेसम्म भूपु एमाले दलसग केही डाटा छैन।हाल नया बनेको नेकपा नामक दल भूपु माके दल प्रचन्ड समुह मिलेर बनेको यही दल समेत जानकार छैन।भूपु माकेका दिल कामरेड भन्दै थिए,रकम कहाबाट,कति सम्म आयो,जानकारी हाम्लाई थाहा छैन,यही कुरामा अनबिज्ञ रहेको काभ्रेका दल सरले भने,एैना स्पस्ट छ,राज्य यति बेखबर छ कि हाम्रा नेताको नाम बेचेर,जागिरे बनेर, केही मुठ्ठीभरका मानिसको रोजीरोटी चलेको रहेछ।

केही समय पहिले माले नामक दल नेपालमा बनेको थियो।सो दलमा समेत एक नेताले यो मदन भण्डारी फाउण्डेशनलाई टक्कर दिन माले- सचिव योगेश भट्टराईको नेतृत्वमा मदन भण्डारी अध्ययन केन्द्र नामको नया एनजिओ खोलियो तर मदन भण्डारी साझा र निष्कलंक नेता भएपनि उनको नाममा बंशबाद र विदेशी धनको रजांइ गर्न खोजिएकाले हाम्रा मदन भण्डारीको नया  विचारको प्रवाहकालागि अध्ययन केन्द्र खोल्नु परेको माले पक्षको सो प्रष्टिकरण थियो। यो

फाउण्डेशनको नेतृत्व गरेका प्रदिप नेपालले समेत हाल अनबिज्ञता जाहेर गरेर,मलाई थाहा छैन,के छ अबस्था भनेर तर्किरहेका छन्।
सहयोग-मदत प्रेम सदभाब दया हुन नै मानबता हो तर त्यही नाममा कसैको घर चल्छ भने त्यो अपराध हो।सरकारले पनि यो खुलेरै सहयोग दिने गरेको छ, र यस पालीको बजेटमा पनि  मदन भण्डारीका नाममा ठूलै योजना पारेका छन।यसो त नेका दलका नेता भनिएका मानिसको नाममा पनि करोडौ रकम राज्यले गरेको छ।भनेसि के नेताको नामको संस्थाको हिसाब देखाउनु पर्दैन ? त्यो  केही दलको मात्रा सम्पति हो ? के नेका दलले यहा सो ट्रस्टहरूमा भएका रकमको हिसाब दिन  पर्दैन हो ? यसरी नागरिक भन्छन,बिकाश भनेर नेताको नामबाट निजी कसैको रोजीरोटी घर-चल्नु अपराधै हो,अपराध अस्बिकार गरौ यो यूगमा।

लेखक बलराम मैनाली

प्रतिक्रिया