फेवाताल ढाक्यो जलकुम्भी र बन्दा झारले ! देखियो यस्तो कुरुप

इनेप्लिज २०७७ साउन ८ गते ११:२० मा प्रकाशित

सुन्दर नगरि पोखराको नाम लिने वित्तिकै हरेक मानिसले फेवातालको याद गर्दछ । फेवाताल लाई याद गरिरहने बनाउन थप सुन्दर बनाइराख्न पोखरेलीलाई चुनौती छ ।

एक त फेवाताल आसपासबाट मिसाउने ढल र सेफ्टि ट्यांङ्कीको वयवस्थापन को कुरा हो भने अर्को चाँही जलाधार क्षेत्रबाट आउने गेगर सहितको माटोले ताल पुरीने एउटा चिन्ता हो त्यसभन्दा बढी फेवाताललाई वर्षा याममा जलकुम्भी र बन्दा झारले ढाक्ने समस्या छ । यसको दर्घकालिन समाधान खोजनु जरुरी छ । विगतका वर्ष जस्तै यस वर्षपनि फेवातालमा जलकुम्भी र बन्दा झार फैलन थालेको छ ।

अविरल वर्षासँगै मुहान क्षेत्रका हर्पनखोला, अँधेरीखोला, लौरुक खोला, वेतयानी खोलालगायतका खोलाहरुमा आएको बाढी फेवातालमा मिसिएर पानीको सतह बढेसँगै जलकुम्भी झार र बन्दा झारपनि फैलिन थालेको हो ।

प्रतिक्रिया