रोटरी क्लब अफ काठमाडौ डाउनटाउन गठन

विश्व राज थापा २०७७ साउन ८ गते ४:११ मा प्रकाशित


काठमाडौ । समाज सेवामा अग्रणी रहेको रोटरी क्लब काठमाडौमा अर्को नयां क्लब गठन भएको छ ।

समाजका लब्धप्रतिष्ठित ब्याक्तित्वहरुको सहभागितामा गठन भएको क्लबको नाम रोटरी क्लब अफ काठमाडौ डाउनटाउन रहेको छ ।

बिगत १८ बर्ष देखि रोटरी क्लबमा क्रियाशील श्यामबहादुर पराजुलीको अध्यक्षतामा गठन भएको कलबमा बरिष्ठ चिकित्सक , पाइलट , बरिष्ठ पत्रकार , उधोगी ब्यबसायी , हालै रिटायर भएका प्रहरीका उच्च अधिकारीहरु, रिटायर उच्च प्रशासक , पुर्ब न्यायाधीश , अस्पताल संचालक , इञ्जिनियरहरु , फानान्सका बिज्ञहरु , बिभिन्न ब्यसायमा रहेका प्रतिष्ठित ब्याक्तिहरु रहेका छन ।

समाज सेवा र भाइचाराका लागि राष्टिय , अन्तराष्टिय रुपमा सक्रियताका साथ क्रियाशील रोटरी धनी ब्याक्तिहरुको भनिएपनि समाजसेबाका लागि मनका धनी रहेको रोटरीमा लामो समय देखि सक्रिय नेतृत्व तहमा रहेका लिडरहरुले बताएका छन ।

अध्यक्ष श्याम पराजुलीले स्वागत गर्नुभएपछि प्रारंभ भएको क्लब गठन कार्यक्रममा ३२९२का डिस्टिक गभर्नर राजीब पोख्रेल, रोटरी लिडर प्रफुल्लमान सिह प्रधान,राजेन्द्र लम्साल मञ्जु लामिछाने , डा अनिल भटराई लगायतले रोटरीले हाल सम्म गरेका महत्वपुर्ण र क्लबका सदस्यहरुको भुमिकाबारे प्रकाश पार्नुभएको थियो ।

विश्व राज थापा

विश्व राज थापा इनेप्लिजका प्रधान सम्पादक/संस्थापक हुन्।

प्रतिक्रिया