मेमोरी किङ्ग विजय शाहीको सम्झने सुत्र यस्तो छ ! यो शुत्र सबैलाई काम लाग्छ ? नेपालको पढाइ नै परिवर्तन गर्ने चाहाना

इनेप्लिज २०७७ साउन ५ गते २१:५८ मा प्रकाशित

तीस सेकेण्डमा एक सयभन्दा बढी शब्द सम्झेर कालिकोटका १९ वर्षीय विजय शाही अहिले चर्चामा छन् । उनलाई तेज स्मरण शक्ति भएका विश्वका कीर्तिमानी मानिएको छ ।

उनी कालिकोटका स्थानिय युवा हुन् । उनले ३० सेकेण्डमा १ सय भन्दा बढी शब्द सम्झेर विश्व रेकर्ड कायम गरेका हुन् ।

विश्व रेकर्ड कायम गरेपछि शाहीलाई अहिले अन्तरवार्ता दिन भ्याइ नभ्याई छ । उनले एउटा निकै ठूलो किताव सररर हेर्छन् त्यसपछि त्यो किताब बन्द गरेर त्यसमा भएका शब्द उत्तिखेरै सुनाउन र लेखेर देखाउन सक्छन् ।

एक मिनेटमै एक सय भन्दा बढी शब्द याद गर्न सक्ने उनको खुबीकै कारण विश्व रेकर्ड कायम गर्न सफल भएको चर्चित पत्रकार भाग्य नेउपानेले आफ्नो युट्युब च्यानलमा जनाएका छन् ।

शाहीले एक मिनेटमा अगाडि र पछाडिबाट ७० शब्द सम्झिएर भनेपछि भारतका प्रतियोगीलाई पछि पार्दै यसअघिका विश्वकीर्तिमानी भारतका सागर भुजीलाई पछि पारेका हुन् ।

प्रतिक्रिया