गायिका अन्जाना राईको  ‘गाँउकी गोरी’ सार्वजनिक 

इनेप्लिज २०७७ साउन ४ गते १९:१८ मा प्रकाशित

काठमाण्डौ, ४ साउन ।  संगीतकार चन्द्र श्रेष्ठद्धारा संगीतबद्ध ‘गाँउकी गोरी’ म्यूजिक भिडियोलाई गायिका अन्जाना राईले आफ्नो सामाजिक संन्जाल युट्युब मार्फत सार्वजनिक गरेकी छन्।

गायिका राईको मिठो आवाज भरिएको ‘गाँउकी गोरी’ बोलको रचनाभित्र वास्तवमा आफ्नो लाली जवानीलाई बयान गर्ने कुनै शब्द नै नभएको र सोह्र शृंगारले भरिएको सुन्दर बैस कसैलाई उपहार दिने मनसाय रहेको साथै प्रियतमलाई दिल भित्र सजाई सकेको आभास हुन्छ।

पछिल्लो समय सांगीतिक कार्यमा निकै ब्यस्त बनिरहेका संगीतकार श्रेष्ठ आफै पनि एक कुशल गायक हुन्।उनले गाएका र संगीत भरेका दर्जनौ गीतहरु दर्शकहरु माँझ लोकप्रिय छन्।त्यसमा पनि माया प्रेममा कोरिएका शब्दहरुमा राम्ररी डुब्न सक्छन।जसको ज्वलन्त उधाहरण यस गीतमा पाउन सकिन्छ ।

गीतकार दिनेश बस्नेत मायालुको रचनालाई राजु कार्कीले एरेन्ज गरेका छन् भने उक्त म्युजिक भिडियोलाई रामकुमार केसीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया