आँचल शुक्रबार मिलन चाम्सको निर्देशनमा एक म्युजिक भिडियोको छायाँकनमा

इनेप्लिज २०७७ साउन ४ गते १३:१६ मा प्रकाशित


काठमाडौं। कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका कारण चलचित्र छायाँकन देखि प्रदर्शन सम्म ठप्प छ। अझै कति समयसम्म ठप्प हुने हो ? टुंगो छैन्। तर, विगत एक महिनाअघि लकडाउन खुकुलो भए संगै म्युजिक भिडियोको छायाँकन भने चलिरहेको छ।

चलचित्रको छायाँकन कहिले शुरु हुने अन्योल हुँदा अहिले चलचित्रका चलेका थुपै कलाकारहरु म्युजिक भिडियोमा ब्यस्त देखिन थालेका छन्। पल शाह, पुष्प खड्का, केकी अधिकारी, स्वस्तिमा खड्का, दयाहाङ राई लगायतका कलाकारले म्युजिक भिडियोको छायाँकन गरेका छन्।

त्यस्तै, अभिनेत्री आँचल शर्माले पनि म्युजिक भिडियो छायाँकन गरेकी छन्। आँचलले शुक्रबार मिलन चाम्सको निर्देशनमा एक म्युजिक भिडियोको छायाँकन गरेकी छिन्, जुन उनको लकडाउन पछिको मात्र नभई बिहेपछि कै पहिलो भिडियो हो। आँचल गत फागुनमा वैवाहिक बन्धनमा बाँधिएकी थिइन्।

राजेश पायल राईको स्वर, निर्मला राई ‘परिवेश’को शब्द रचना तथा अर्जुन पोखरेलको संगीत रहेको गीतका राजधानी काठमाडौँ आसपासका विभिन्न स्थानहरुमा छायाँकन सम्पन्न गरिएको निर्देशक चाम्सले जानकारी दिए। भिडियोमा अभिनेता दयाहाङ राई र आँचल शर्माको जोडीलाई दर्शकले हेर्न पाउने छन्। दयाहाङ र आँचलको यो पहिलो काम हो। यी दुई कलाकारलाई दर्शकले एउटै फ्रेममा अहिलेसम्म देख्न पाएका थिएनन्।

लामो समयपछिको पहिलो काम भएकाले उत्साहित देखिएकी आँचलले दयाहाङ संग काम गर्न सहज भएको बताईन्। आफूले हेरेको पहिलो नेपाली चलचित्र ‘लुट’ रहेको र आफूलाई मनपर्ने कलाकार संग काम गर्न पाउँदा खुसी लागेको आँचलको भनाई थियो। दयाहाङ पनि आँचलको कामबाट प्रभावित भएको बताए।

भिडियोमा दयाहाङ र आँचल विवाहित जोडीको रुपमा प्रस्तुत हुनेछन्। दयाहाङ लाई आर्मी अफिसर (याप्टेन) को भूमिकामा प्रस्तुत गरिएको निर्देशक चाम्स बताउँछन्। दयाहाङ र आँचलको सहकार्य स्किनमा हेर्न दर्शकले भने केही दिन कुर्नुपर्ने हुन्छ।

https://www.youtube.com/watch?v=joR-sFSJJaw&feature=emb_logo

प्रतिक्रिया