फ्रान्समा मास्क(मुखावरण)नलगाउनेलाई १३५ युरो जरिवाना लिने

इनेप्लिज २०७७ साउन २ गते २३:५५ मा प्रकाशित

फ्रान्समा मास्क(मुखावरण)नलगाउनेलाई १३५ युरो जरिवाना लिने भएको छ । फ्रान्समा फेरि दोस्रो चरणको कोरोना संक्रमण फैलिने अनुमान गरिएको छ । र पहिला पनि नियम लगाईएको भएता पनि अब आउने हप्ता देखि खुला बाटोमा जाँदा पनि अनिवार्य रुपमा लगाउनु पर्ने भएको नेपाली समुदायका गोर्खे उपनाम गरेका व्यक्तिले बताए ।

बिश्व तथ्यांक अनुसार फ्रान्समा १ लाख ७४ हजार संक्रमित छन् भने मर्नेको संख्या ३० हजार १ सय ५२ पुगेको छ । हाल सम्म करिव ८० हजार निको भै सकेका छन् ।

हाल ६७९६ मानिसहरु अस्पतालमा भर्ती भएका छन् । फ्रान्सका ४ वटा प्रान्त कोरोना तिब्र रुपमा वृद्धि भएको छ भने हाल सम्म पेरिस तुलनात्मक रुपमा सुरक्षित रहेको छ ।

श्रोत : एजेन्सी

प्रतिक्रिया