पावरहाउसमा झोलुंगे पुलमाथी खोला, जनप्रतिनिधि भने बेखबर

इनेप्लिज २०७७ असार ३० गते २१:३३ मा प्रकाशित

पोखरा महनागरपािलका वडा नं. १७ र २१ जेड्ने झोलुंगे पुल भासिएको छ ।निरन्तरको वर्षाका कारण पावर हाउस स्थित सो पुलको एका तर्फको भाग भासिए पछि खोलामा जोतिन पुगेको हो ।खोलामा पानीको वहाव बढ्दै गएपछि पुलको फेदमा असर पर्दा पुल भासिएको हुन सक्ने बताईएको छ । पोखरामहनागरपािलका वडा नं. १७ र २१ जेड्ने झोलुंगे पुल भासिएको छ ।

निरन्तरको वर्षाका कारण पावर हाउस स्थित सो पुलको एका तर्फको भाग भासिए पछि खोलामा जोतिन पुगेको हो ।खोलामा पानीको वहाव बढ्दै गएपछि पुलको फेदमा असर पर्दा पुल भासिएको हुन सक्ने बताईएको छ ।

यसबारे पोखरा महानगरपलिका वडा नं. १७ का अध्यक्ष तिर्थराज अधिकारीले भने सो पुल भासिएको खबर प्राप्त भएको भएपनि स्थलगत अवलोकन भने नगरेको सिसिएमलाई बताए । उनले त्यस स्थानमा जान बाटोको समस्या रहेको सुनाए ।

यस्तै पोखरा २१ का अध्यक्ष खगराज आचार्यले पनि पुलका सम्बन्धमा आफुले कुनै सुचना प्राप्त नगरेको बताए । पुल प्रयोगमा रहेको उल्लेख गरेपनि मानिसहरु आउजाउ भने कम हुने गरेको उनले बताए ।

प्रतिक्रिया