धरानमा वरिष्ठ गायक दिप श्रेष्ठ सम्मानित, पिडितकालागि आर्थिक सहयोग हस्तान्तरण (भिडियो)

इनेप्लिज २०७७ असार २९ गते २२:०२ मा प्रकाशित


ईटहरी/ धरानमा वरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठ सम्मानित भएका छन् । होप धरानले आयोजना गरेको आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा उनी सम्मानित भएका हुन् । सम्मानित संग-संगै उनको हातबाट मलद्वार बन्द हुने रोगबाट ग्रसित धरान ६ का ७ वर्षिय बालक प्रशान्त मुदेलको उपचारको लागी आर्थिक सहयोग हस्तान्तरण पनि गरिएको छ । युके स्विडेन हेल्पिङ ह्यान्डसका सोभिन सुब्बाले संकलन गरेको २१ हजार नगद साथमा धरान १५ श्यामचोक व्यवस्थापन समुहबाट ६ हजार ५ सय र केन्ट फेलयर बारटेन्डिङबाट ५ हजार गरी कुल ३२ हजार ५ सय नगद मुदेलका बुवा प्रकाश मुदेललाई प्रदान गरिएको हो ।

होप धरानले बालकको उपचारको लागी अभियान चलाएकोमा विभिन्न सहयोगीहरुबाट १ लाख ५३ हजार ५ सय ७० रूपैँया संकलन भएको थियो । बालक मुदेलको दोस्रो चरणको शल्यकृया उनको स्वास्थ स्थिती हेरी ६ महिनापछि हुने बताइएको छ । ६ महिना पछि स्टोमा क्लोजर मलद्वार खोलिने शल्यकृया रहेको चिकित्सकले बताएका छन ।

सोहि कार्यक्रममा नै कोभिड १९ को सुरूक्षार्थ सुनसरीका पत्रकारहरूका लागी ३ सय थान मास्क समेत प्रदान गरिएको थियो । उक्त मास्क नेपाल पत्रकार महासंघका सहसचिव दिनेश गजमेरले ग्रहण गर्दै सुनसरीका सबै कृयाशिल पत्रकारहरूमा मास्क पुर्याउने प्रतिबद्धता जनाए । हस्तान्तरण कार्यक्रममा होटल एसोसिएसन अफ धरानका अध्यक्ष सरोज भट्टराई, कार्यक्रम संयोजक मेरिन भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया