नायिका ऐश्वर्य राय बच्चन र छोरी आराध्या पनि कोरोनाबाट सक्रमित

इनेप्लिज २०७७ असार २८ गते २२:४० मा प्रकाशित

अभिनेता अमिताभ बच्चन र पुत्र अभिषेक बच्चन दुवै कोरोनाबाट संक्रमित भै अस्पतालमै बस्दै गर्दा यता ऐश्वर्य राय बच्चन र छोरी आराध्या पनि कोरोनाबाट सक्रमित भएका छन् ।

उनीहरु पनि संक्रमित भए पछि अभिषेक बच्चनले उनीहरु पनि कोरोनाबाट सक्रमित भएको सामाजिक संजाल ट्वीट मार्फत उक्त कुरा सार्वजनिक गरेका छन् ।  १९९४ की बिश्व सुन्दरी ऐश्वर्य रायले सन् २००७ मा अभिषेक बच्चन संग बिहे गरेकी थिइन् ।

अभिषेकले आइतबार आफ्नी पत्नी र ८ बर्षिय छोरी पनि कोरोनाबाट संक्रमित भएको जनाएका छन् । उनले उनीहरु दुवै घर मै स्वयम निगरानीमा बस्ने जनाएका छन ।

उनले अगाडी भनेका छन् अन्यको पनि जाँच आफ्नी आमा जया बच्चनको सहितको गर्दा कोभिड-१९ बाट संक्रमित नभएको जनाएका छन् । उनले शुभ चिन्तक सबैलाई धन्यबाद दिएका छन ।

श्रोत :विभिन्न भारतीय समाचार/अन्तर्राष्ट्रिय एजेन्सी तस्बिर कृतज्ञता :इन्डियन एक्सप्रेस डटकम/जिन्युज

प्रतिक्रिया