छानविन समितीले अवैधानिकरुपमा हरिया रुखहरु कटान भएको क्षेत्र नीरिक्षण

वीरेन्द्र रावल २०७७ असार २२ गते २१:४५ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी,असार २२÷ वैज्ञानिक वनका नाममा भएको सर्वकटानको अवस्था,भए गरेका अवैधानिक कार्यको बारेमा सोमबारसार्वजनिक लेखा समिति अन्तरगत बनेको उपसमितीले कैलाली जिल्लाका पूर्वीक्षेत्रका सामुदायिक वनको स्थलगत नीरिक्षण गरेको छ।

देशका विभिन्न जिल्लाहरुमा वैज्ञानिक वनका नाममा भएको अवैध कटानीका बारेमा देशव्यापी विरोध भएपश्चात त्यस बिषयमा छानविन गर्न गठित उपसिमितिका संयोजक प्रदिप यादव,सदस्य प्रेम आलेबर र मिनास सुब्बा सदस्य रहेको तीन सदस्यीय टोली र वन प्राविधीकहरुको संयुक्त टोलीले वैज्ञानिक वनका नाममा भएका अवैधानिक कटानका बारेमा स्थगत रुपमै गएर अध्यन र अनुसन्त्रान गरेका सार्वजनिक लेखा समिति अन्तरगत बनेको उपसमितीका संयोजक प्रदीप पाठक,सदस्य प्रेम बहादुर आले र सदस्य मीना सुब्बा सहित दुई जना प्राविधीक सहितको टोलीले सोमबार मोहन्याल गाउँपालिकाका जालपा,बर्गदा,जनकल्याण सामुदायिक वन , लम्की चुहानगरपालिकाको चेतना सामुदायिक वन ,महिला जागरण ,जानकी गाउँपालिकाको ऐश्वर्य र गौरीगंगा नगरपालिका अन्रगत पर्ने सितलझाडी लगायतका सामुदायीक वनमा भएको कटानको अध्ययन समेत गरेको छ।

एक दर्जन भन्दा बढी सञ्चारकर्मी सहित घटनास्थलमा पुगेको छानविन टोलीले स्थानीय उपभोक्ता,सामुदायिक वनका पदाधिकारीहरु देखि लिएर पहलमानपुर वन डिभिजन कार्यालयका प्रमूख कृष्ण भटट्लाइ समेत सोधप्ुछ गरेको छ ।

छानविन टोलीले सामुदायिक वनका कार्ययोजना,साधारण सभाका माईन्यूट र आर्थिक कारोवार सम्बन्धी प्राणहरु समेत उपलब्ध गराउनका लागि सबै बनहरुलाई माग गरेको छ।

अधिकांश सामुदायिक वनका उपभोक्ताहरुले आफुहरुलाई वैज्ञानिक वनका बारेमा जानकारी नभएको, वनका कर्मचारी र सामुदायिक वनका टाठाबाठाहरुले जानकारीनै नदिएर किर्ते कागज गरेर समेत वैज्ञानिक वन बनाउने योजना बनाएको र घरधुरी समेत किर्ते देखाएर रुखहरु कटानी भएको गुनासाहरु छानविन समिती समक्ष अनुरोध गरेका छन्।

अधिकांश वनहरुमा वैज्ञानिक वन बनाउन र चोरी निकासी गर्न स्वयं ठेकेदार र सामुदायिकका पदाधीकारीहरुको संलग्नतामा वनकर्मचारीको उक्साहटमा गरेको समेत गुनासाहरु पोखेका छन्।

सो टोलीले मंगलबार कैलालकिो धनगढी डिभिजन र कञ्चनपुर जिल्लाका वन क्षेत्रमा गएर नीरिक्षण र छानविन गर्ने कुरा छानविन समितीका संयोजक प्रदिप यादवले बताउनु भयो।

समितिका सदस्य प्रेम आलेले छानविन समितिले गल्ती भएका सामुदायिक वनहरु ,वैज्ञानिक वन बनाउन उक्साउने वनकर्मचारीहरुमाथी छानविन हुनुका साथ साथै कडा कारवाहकिो लागि सिफारिस गरिने बताउनु भएको छ।

यस्तै समितीकि सदस्य मिना सुब्बाले कैलाली जिल्लामा भैरहेको हरिया रुखहरुमाथीको धावा बोल्ने कार्यले वातावरणीय क्षेृत्रमा निकै असर पुग्ने बताउनु भएको छ।

अधिकाँश सामुदायिक वनका उपभोक्ताहरुले वैज्ञानिक वन खारेजका लागि पहल गरिदिन समेत छानविन टोली समक्ष आग्रह गरेका छन् ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया