बि.बि अनुरागीको आफ्नै स्वर शब्द र संगीतमा आयो दुनियाँ रुवाउने गीत “करौंती” (भिडियो सहित)

इनेप्लिज २०७७ असार २२ गते २१:३६ मा प्रकाशित

काठमाण्डौ असार २२ – नेपालीहरुले जती शिक्षा हाँसिल गरेता पनि बिदेश पलायन हुनुपर्ने बाध्यता रहेको छ । यसरी पर्देसिंदा आफ्नो घरपरिवार बिरामी पर्दा, अचानक मृत्यु हुँदा घर फर्किन नपाउने स्थिति रहने गर्दछ । बिदेशमा खुन पसिना बगाएर दैनिक हात मुख जोड्नुपर्ने यस्ता क्षणलाई न्यूनीकरण गर्नका लागि नेपाल सरकारले शसक्तता दिनु पर्ने पनि आजको आवस्यकता देखिन्छ ।

यति बेला अशंख्य प्रबासी नेपालीहरुको यथार्थ जिबन भोगाइमा माथि उल्लेखित भावमा एक गीत बजारमा आएको छ । “करौती” नाममा बजारमा आएको उक्त गीतमा बरिष्ट गायक रचनाकार तथा संगीतकार बि.बि अनुरागीको स्वर शब्द तथा संगीतले सजिएको छ । गीतले छोटो समयमा अशंख्य श्रोता दर्शकहरुको मन जित्न सफल भएको छ । गीत अत्यन्तै उत्कृष्ट र मर्मस्पर्शी रहेको छ ।

यस गीतको भिडियोलाई बरिष्ट संगीतकार, गायक तथा रचनाकार बिबि अनुरागी स्वयम् ले निर्देशन गरेका हुन् भने बिबेक विश्वकर्माको छायांकन तथा सम्पादन रहेको छ । करौंती बोलको गीतको म्युजिक भिडियोमा बिबि अनुरागी, सुनिता, शिक्षा, सर्जकको अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया