दुइ वर्ष बाँच्नैपर्छ

डा मणि किशोर २०७७ असार २१ गते २३:०३ मा प्रकाशित

महिनौं सम्म भारी पाएन,
हप्तौं सम्म मुखमा माड लाएन,
अनि रामे भारी बोक्दा बोक्दै ढल्यो,
नेता आएर कविता भन्यो
उ जुरुक्क उठ्यो
‘म धेरै वर्ष बाँच्न चाहन्छु नेता ज्यू’
रामेले बिन्ति विसायो
‘तिमी अझै दुइ वर्ष बाँच्नु पर्छ’
नेताले ढाडस दियो ।

हप्तौं पैदल हिडेर स्वदश फिर्यो
हाड छाला मात्र बोकेर क्वारेन्टिन छिर्यो
हर्के झाडापखाला लागेर क्वारेन्टिनमै ढल्यो
फेरी नेता आएर नयाँ नक्सा ओडाइदियो
हर्के जुरुक्कै उठ्यो
‘म अझै बाँच्न चाहन्छु नेता ज्यू’
हर्केले विन्ति विसायो
‘ल ल तिमी अझै दुइ वर्ष बाँच्नुपर्छ’
नेताले थम्थमाउदै भन्यो ।।

कोरोना लाग्छ भन्ने डरले,
मानेले आत्महत्या गर्न पासो लायो
डोरी चुडिएर भुइमा पछारीयो
दाहिने हात पिटिक्कै भाँच्चियो
फेरी नेता आयो र नागरीकताले हम्किदियो
माने जुरुक्कै उठ्यो
‘म बाँच्न चाहन्न नेता ज्यू’
मानेले जीउनुको पिडा विसायो ।
‘तिमी अझै दुइ वर्ष बाँच्नै पर्छ’
नेताले अनुरोध गर्यो
दुइ वर्षमा चुनाब आँउदैछ
भोट हालेपछि फेरी मरौ¬¬¬¬¬¬¬¬¬¬¬¬¬¬¬¬ला ।।।

-डा मणि किशोर

प्रतिक्रिया