तपाइलाइ थाहा नभइ पनि हुन सक्छ ब्रेन ट्युमर ! के कारणले हुन्छ ब्रेन ट्युमर ?

इनेप्लिज २०७७ असार २१ गते १४:२१ मा प्रकाशित

शारीरिक असन्तुलन, वान्ता हुनु, दृष्टि धमिलो हुनु, टाउको दुख्नु जस्ता कुरालाई अक्सर मानिसले सामन्य मान्छन् । तर, कतिपय अवस्थामा यो गंभिर रोगको संकेत हुन सक्छ । सामन्य लाग्ने यस्ता लक्षण ब्रेन ट्युमरको हुन सक्छ । ब्रेन ट्युमर मस्तिष्कको कोशिकाको असामन्य रुपमा बिकास हुने गर्छ ।

क्यान्सर दुई प्रकारको हुन्छ, घातक र सामन्य । दुबै प्रकारको क्यान्सरमा ब्रेनको कोसिका नष्ट हुन्छ । ब्रेन ट्युमर हुनका लागि कुनै उमेरको भेद छैन । यद्यपी उमेर बढेसँगै यो रोगको खतरा बढेर जान्छ । ब्रेन ट्युमर रेडिएशन र कुनै केमिकलको अधिक प्रयोगले पनि हुन सक्छ । यो रोग आनुवांशिक पनि हुन्छ । अर्थात परिवारमा कसैलाई यो रोग छ भने अर्को पुस्तामा त्यो सर्न सक्छ ।

हेर्नुहोस पुरा भिडियो

प्रतिक्रिया