कमल र नग्मा अभिनित ‘मायामा मालामाल’ सार्वजनिक ( भिडियो सहित )

इनेप्लिज २०७७ असार २१ गते १४:१७ मा प्रकाशित

गायिका मिना कार्कीको एल्बम सदिक्षा भित्र समावेश दोस्रो गीत ‘मायामा मालामाल’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेम भावको यस गीतमा स्वर सन्तोष श्रेष्ठ र मिना कार्कीको रहेको छ । गीतका शब्द डा नवि अधिकारी(टकिन्द्र)ले लेखेका हुन् भने संगीत गायक तथा संगीतकार सन्तोष श्रेष्ठको नै रहेको छ । यस गीतलाई देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा कमल सिंह र नग्मा श्रेष्ठ फिचर्ड छन् । सन्तोष राजबाहकको कोरियोग्राफी तथा निर्देशनमा बनेको भिडियोलाई उत्सव दाहालले छायाँकन र टेकेन्द्र शाहले सम्पादन गरेका हुन्। ओएसार डिजिटल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

यसअघि आफ्नो पहिलो गीत ‘शिरमा शिरफुल’ सार्वजनिक गरेकी गायिका कार्की पेशागत हिसाबले एक अनुसन्धानकर्ता, सक्रिय स्वास्थ्यकर्मी, र सिनियर नर्स पनि हुन्। एल्बम “सदिक्षा” भित्रका प्रत्येक गीतका म्युजिक भिडियो क्रमशः सार्वजनिक गर्दै जाने गायिका कार्कीले जानकारी गराएकी छन् ।

म्युजिक भिडियोलाई दर्शक ,स्रोताको सकारात्मक प्राप्त भैरहेको छ। म्युजिक भिडियोलाई माया गरिदिन गायिका कार्कीले सम्पूर्ण संगीत प्रेमी र मिडिया हाउसलाई आग्रह गरेकी छिन।

प्रतिक्रिया