प्रदेश नं. १ मा पाँच जनामा कोभिड–१९ सङ्क्रमण देखियो

मनोज दाहाल २०७७ असार २१ गते १४:०७ मा प्रकाशित


मनोज दाहाल,

विराटनगर,२१ असार।प्रदेश नं. १ मा आज पाँच जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ।

यसरी सङ्क्रमण देखिनेहरुमा मोरङका दुई, झापाका दुई र पाँचथरका एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङको बेलबारी र मिक्लाजुङमा एक÷एक जना, झापाको दमकमा एक महिला सहित दुई जना र पाँचथरको फिदिममा एक जनामा सङक्रमण देखिएको छ।

प्रदेशमा कोभिड–१९ सङ्क्रमितहरुको सङख्या ६७० पुगेको छ ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया