हेर्दा हेर्दै मोटरसाईल ठोकियो, आगो बल्यो खरानी भयो… प्रत्यक्ष भिडियो

इनेप्लिज २०७७ असार २० गते १३:०७ मा प्रकाशित

पोखराको नयाँबजारमा दुईवटा मोटरसाईकल दुर्घट्ना हुदा जलेर नष्ट भएका छन् । नयाँबजार स्थित बृहस्पति पेट्रोल पम्पबाट तेल हालेर निस्किएको मोटर र नयाँबजारबाट पृथ्वीचोक तर्फ जादै गरेको मोटर साईकल आपसमा ठक्कर खादाँ सो दुर्घट्ना भएको हो । दुर्घट्नामा ग१४प ३८६१ नम्बरको पल्सर २२० र ग१६प ४४४१ नंम्बरको सुपर स्पिलिन्डर मोटरसाईकल आपसमा ठोक्किएर दुर्घट्ना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एंव डिएसपि सुवास हमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घट्नामा परि ४ जना सामान्य घाईते भएका छन् । उनिहरुको दाहिने हातमा चोट लागेको र उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको प्रवक्ता हमालले बताउनुभयो । दुर्घट्ना लगत्तै आगालागि भएकाले मोटरसाईकलहरु जलेर पुर्ण रुपमा नष्ट भएका छन् । आगो निभाउन दमकल समेत आउनुपरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । दुर्घट्ना स्थलको नजिकै पेट्रोल पम्प समेत रहेकाले ठुलो दुर्घट्ना हुनबाट बचेको स्थानियहरुले बताएका छन् ।

प्रतिक्रिया