दिपशिखा शर्मा,
हिजोराती दाङमा घटेको त्रासदीपूर्ण घटनाले स्तब्ध बनाएको छ । सेन्टिमेन्टल गीत बजाएर फेसबूकमा लाईभ गर्दै आत्महत्या गर्ने २१ बर्षिया युवती एलिसा गौतमलाई त्यस्तो के बाध्यता आईपर्यो होला ? यसरी कसैको मुख नहेरी पंखामा झुन्डिएर मृत्युुवरण गर्न पुगिन् ? उनलेे आफ्नो समस्या घर परिवार साथि भाई सँग शेयर गरेको भए शायद आज उनको जीवन बाँच्ने थियो कि ? आफूमाथि आईपरेको पिडा एवं बज्रपात उनले कसैसँग पोख्न सकिनन् । त्यही नै दुर्भाग्य हुनगयो ।
पिडा र दर्दहरु मनभित्र गुम्स्याएर राख्दाराख्दै शायद उनको हिम्मत टुट्यो । त्यसको एकमात्र समाधान देखियो सुसाईड । जतिसुकै कठिन अवस्था आएपनि बरु समाधानको उपायहरु खोज्नुपर्थ्यो । यसरी आवेगमा आएर एकबारको जुनी यसरी फाल्नुपर्ने थिएन ।
प्रतिक्रिया