“१७औं राष्ट्रिय धान दिवश तथा रोपाई महोत्सव–२०७७” को भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री श्बिनितादेबी चौधरी ले दिनु भएको सन्देश

वीरेन्द्र रावल २०७७ असार १४ गते १७:४२ मा प्रकाशित

प्रदेशका आदरणिय कृषक दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण सरोकारवालाहरु आज २०७७ साल आषाढ १५ गते अर्थात १७औं राष्ट्रिय धान दिवश तथा रोपाई महोत्सवको पावन अवशरमा “धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र सम्बृद्धि”भन्ने नाराका साथमनाइदै गरेको धान दिवसका अवसरमा यस बर्ष धानको उत्पादनमा उल्लेख्य बृद्धि भइ खाद्यन्न उत्पादनमा सुदूरपश्चिम प्रदेश र समग्र मुलुक नै आत्मनिर्भरतातिर उन्मुख हुंदै सम्बृद्धिको बाटोमा अघि बढन सकोस भनि शुभकामना ब्यक्त गर्न चाहान्छु ।

“मानो रोपेर मुरी फलाउने” कृषकको सपनालाइ साकार पार्न, उहाँहरुको सम्मान गर्न र आत्मबल बृद्दि गर्न हामि सबैले हाते मालो गर्ने आजको दिन यस वर्ष बिश्व ब्यापी रुपमा फैलिएको कोरोना (कोभिड(१९) भाइरसको महामारी बाट अछुतो रहने कुरै भएन । त्यसैले बिगतका वर्षहरुझै धान रोपाई गर्र्न खेतमै पुगेर यहाँहरुको हौसला बढाउने उत्कट चाहना हुँदाहुँुंदै त्यो सम्भव हुन सकेन ।

धान हामी नेपालीहरुको दैनिक खानाको प्रमुख आधारसँगै हाम्रो सामाजिक, सांस्कृतिक परम्परा र आर्थिक अवस्था संग पनि अटुट रुपमा जोडिएको छ । धानले कृषिको कूलग्रा हस्तउत्पादन (ए.जी.डी.पिं) माकरिब २० रु तथा कुल ग्राहस्त उत्पादन (जी.डी.पिं) मा ७ रु को योगदान पुर्याउंदै आएको छ । मुलुकमा ठूलो परिमाणमा धानको उत्पादन क्षेत्रफल हुँदा हुदै हामीले वर्षेनी अर्बौं रुपियाँको धान चामल आयात गर्नु परि रहेको तितो यथार्थ हामी सामु रहेको छ।

धान आयातमा न्यूनीकरण गर्दै खाद्यन्नमा मुलुक एवं यस प्रदेशलाई आत्मर्निभर बनाउन संघीय कृषि तथा पशुपंक्षी मन्त्रालय, सुदूरपश्चिमप्रदेशभूमिब्यवस्था, कृषितथा सहकारी मन्त्रालय, स्थानीयतहहरुर अन्य सरोकारवालाहरुले कृषकहरुलाइ धान बालीमा व्यवसायिकरण र आधुनिकिकरणमा सहयोगकालागि आ–आफ्नो तर्फ बाट समन्वय र सहकार्यमा गर्दै आएका छन् । यसै सन्दर्भमा संघीय कृषि तथा पशुपंक्षी मन्त्रालयले धान उत्पादनलाई प्रोत्साहितगर्न “संरक्षित कृषि, सुनिश्चितबचत” भन्ने मन्त्रालयको नीति बमोजिम बर्षे धानको न्यूनतम समर्थन मूल्य अहिलेनै तोक्ने ब्यवस्था मिलाई आवश्यक्ता अनुसार खरिद गरि दिने घोषणा गरि सकेको छ । हाम्रो प्रदेश मन्त्रालयले पनि केही समय अघिनै मातहतका कृषि ज्ञान केन्द्रहरु र स्थानीय पालिकाहरुको सहयोगमा प्रदेशका ९ वटै जिल्लाहरुमा ५,५०० कुन्टल भन्दा बढी परिमाणमा धानको उन्नत बीउ ५० रु अनुदानमा कृषकहरुलाई उपलब्ध गराएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र मुख्य मन्त्री एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यक्रम अन्र्तगत धान बालीमा संचालित ब्लक, पकेट एवं नमूना कृषि गाउँहरुमा सिंचाई विस्तार र आधुनिक कृषि औजार उपकरणहरुको उपलब्धतामा बृद्धि ल्याउन समेत सहयोग पुर्याई रहेको छ । साथै रासायनिक मलको आपूर्तिमा सुधार गर्न प्रदेश मन्त्रालय बाट आवश्यक पहल गर्दा गतवर्ष यस प्रदेशमा २८११३.८५ मे. ट. अनुदानित रासायनिक मल बिक्री भएकोमा यस वर्ष लकडाउन अर्थात बन्दाबन्दीका बावजुदपनि जेठ मसान्त सम्म ३०४८४ मे.ट. भन्दा बढी परिमाणमा रासायनिक मलहरु बिक्री बितरण भई सकेको छ । यसैगरि चैते धान प्रवर्धन, धान बालिको बीउ उत्पादन तथा यान्त्रिकरणका लागि समेत यस आ.ब मा पर्याप्त बजेट खर्च गरिएकोछ । हामीलाई पूर्ण बिश्वास छ, यस्ता महत्वपूर्ण कार्यक्रमहरु एवं पहलले यस बर्षको चैते र बर्षे दुबै सिजनको धान बालीहरुको उत्पादन र उत्पादकत्वमा राम्रै बृद्धि हासिल हुनेछ ।
यस आ. व.मा उत्पादन भएको ६ लाख ४६ मे ट धान उत्पादन वढेर आगामी आ.व. २०७७÷०७८ मा चैते एवं बर्षे धान खेती विस्तार र उत्पादकत्व बृद्धि मार्फत थप ३०,००० मे.ट.धान उत्पादन वृद्धीगरिने लक्ष्य राखिएको छ । यसका निम्ति आगामि आ.ब मा हरेक स्थानिय तहमा उन्नत बीउ श्रोत केन्द्र स्थापना गर्ने, रासायनिकमल, सिंचाई, औजार उपकरणमा अनुदान प्रदानगर्ने, सहुलियत कृषिकर्जा र बीमा तथा प्रशोधन र बजार ब्यवस्थाका प्रयाप्त कार्यक्रमहरु राखिएको सहर्ष जानकारी गराउंदै सरोकारवाला बिभिन्न सरकारी, गैरसरकारी, नीजि र सहकारी क्षेत्र संग समन्वय र सहकार्य गरिने हुंदा यस्तो पनितकार्यमा यहाँहरुको सहयोग र साथको पनि अपेक्षा गर्दछुँ।

अन्त्यमा प्रदेशमा कृषक दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण सरोकारवालाहरुलाइ यस १७ औं राष्ट्रिय धान दिवशबाट यस प्रदेशमाधानको आधुनिकिकरण, व्यवसायिकरण र कृषिक्रान्तिको लहर ल्याउनहौसलामिलोस् भन्ने शुभकामनादिदै १७औं राष्टिूय धान दिवश तथा रोपाई महोत्सवको पुर्ण सफलताको कामना गर्न चाहन्छु, धन्यवाद । जय कृषि जय किसान

बिनिता देबीचौधरी
माननीय मन्त्री
भूमिब्यवस्था, कृषितथा सहकारी मन्त्रालय
सुदूरपश्चिमप्रदेश सरकार
धनगढी, कैलाली

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया