हेर्नुस यति धेरै जिल्लामा फैलियो, नेपालमा आकाशै ढाकेर प्रवेश गर्यो सलह किरा, कतिको असर गर्ला ?

इनेप्लिज २०७७ असार १३ गते १७:५४ मा प्रकाशित

 

काठमाडौँ| नेपालमा सलह किरा प्रवेश गरेको छ । बुटवलमा प्रवेश गरेको केहि भिडियो दृश्य सार्बजनिक भएको छ । दुई दिनयता दक्षिणबाट उत्तरतिर हावा बहँदा भारतको बिहार हुँदै नेपाल प्रवेश गरेको नेपालका कृषि वैज्ञानिकहरुले बताएका छन् ।शनिबार बिहान प्रदेश २ का बारा, पर्सा र सर्लाहीमा सलह देखिएका छन् । नेपाली वैज्ञानिकहरुका अनुसार दुईतीन अघि भारतको बनारस हुँदै गोरखपुरमा सलह देखिएको थियो । त्यसपछि सर्लाही, बारामा देखिएको हो ।

नेपाल कृषि अनुसन्धान परिषद्का कीट वैज्ञानिक सुनिल अर्यालले दक्षिणबाट उत्तरतिर हावा बहँदा सलह नेपाल प्रवेश गरेको बताए । मनुसुनको बेला पूर्वबाट पश्चिमतिर हावा बहने गरे पनि दुई दिनयता दक्षिणबाट उत्तरतिर हावा बहँदा सलह नेपाल आइपुगेको कृषि वैज्ञानिकहरुले अनुमान गरेका हुन् । यसअघि पनि उनीहरुले दक्षिणबाट उत्तरतिर हावा बहे नेपालमा सलह आउन सक्‍ने बताएका थिए ।

प्रतिक्रिया