कोरोना जन्तर पनि बेसारको धुलो जस्तो हो कि…..? कोरोना जन्तर भित्र राखिन्छ यस्ता चिज !

इनेप्लिज २०७७ असार १३ गते ११:३४ मा प्रकाशित

सानो केटाकेटी हुँदा धामीले भुत–प्रेत लाग्दैन भनेर जन्तर लगाइदिन्थे, अहिले कोरोना जन्तर लगाइदिए’ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले घाँटीमा भिरेको ‘भाइरस रिमुभिङ कार्ड’ देखाउँदै भने ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबारदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले केही नेतालाई ‘कोरोना जन्तर’ बाँडेका थिए ।

स्थायी कमिटी सदस्य न्यौपानेले पनि यसबारे चासो राखे । नेता नेपालले उनलाई पनि एउटा लगाइदिए । ‘घाममा चाहिँ नदेखाउनु भन्ने रहेछ’ कोटले कार्ड छोप्दै न्यौपानेले बालुवाटारमा उपस्थित सञ्चारकर्मीहरूसँग भने, ‘यसले (कोरोना) उडाउँछ कि उडाउँदैन थाहा छैन । उही बेसारको धुलो जस्तो हो कि…।’

https://www.youtube.com/watch?time_continue=1&v=If3chNtBNrM&feature=emb_logo

प्रतिक्रिया