सोमबार, असार २९ २०७७
काठमाडौं १७:३०
वासिङटन डिसी 07:45

सर्जक

प्रा.डा.मेदनीप्रसाद भण्डारी २०७७ असार ११ गते २१:२७ मा प्रकाशित

-प्रा.डा.मेदनीप्रसाद भण्डारी

सर्जकले सृजना गर्छ, समाजको लागि
संचेतना र भावनाको उद्गमतालाई समात्छ
र समयको वेगमा आफुलाई उरेली दिन्छ,
अनि वेगमार्छ तरंगीत तरेलीहरूमा ।

भावावेशमा सर्जकलाई थाहा हुदैन गन्तव्यको
अनन्त यात्रामा निस्कन्छ र वहकिन्छ संसारमा
उड्छ आकाशमा र धरातललाई साक्षी भावले हेर्छ,
जुन यथार्थ देख्छ, त्यही यथार्थ लेख्छ ।

उ हुन्छ पनि र बिलाउँछ पनि
उ रून्छ पनि अनि फुलिन्छ पनि
अनुभव र अनुभूतीको माहासंयोगमा विचरण गर्दै
उ हास्छ पनि अनि हँसाउछ पनि ।

सर्जकको ध्येय पनि अध्याय पनि सृजना हो,
उस्ले पोख्ने र उठाउने भनेको समाजको प्रक्षाया हो,
प्रक्षायामा बोकेको जीवन्त यथार्थलाई खोल्ने क्रममा
सर्जक रून्छ पनि अनि रूवाउँछ पनि ।

सर्जकका सवै ज्ञानेन्द्र, कर्मेन्द्र, तीव्र र सकृय हुन्छन्
कुनै सिमाको बन्धन हुदैन चौ दिशा घुम्छन्
मन चेतनाको अदम्य साहश समेटेको सर्जक मनले,
द्रविभूत भावनाहरूको झंकारलाई लेख्छन् ।

सर्जक भनेको कारखाना हो
सर्जक भनेको उत्पादक हो
कच्चा र सच्चा पदार्थको पारखी हो
अत्वेशक हो र अनुसन्धाना हो ।

स्वयं गणन गणक हो र गणना हो

र गणित हो विज्ञ विज्ञान र वैज्ञानिक हो
उ मनका अनि तनका आँखाले हेर्छ
उ मष्तिस्क र भावनाका परखले विश्लेषण गर्छ
र प्रस्तुत गर्छ समाजको विम्व र प्रतिविम्वलाई ।

सर्जक मनले स्वतन्त्र हुन्छ, यथार्थतालाई चित्रण गर्छ,
सिर्जीत सृजनाको माधुर्यता मा रम्छ,
रंगिन बन्छ र रंगाउँछ सृजनाहरूलाई, उत्पादित सम्पदाहरूलाई
पस्कन्छ समाजमा गीतकोलयमा, बहाउँछ सुन्दरता प्रितका लयमा ।

सर्जक चिकित्सक हो समाजको,
हेक्का राख्छ प्रत्येक दुःखेका चेहराहरूको,
त्यही चेहरामा पस्छ सर्जक र वर्सिन्छ पिडाधारा वनेर,
दुःख उरेल्छ, कुडिन्छ र चिच्चाउछ सर्जक ।

कहिले कथा कथेर कहिले कविता रचेर
कहिले गीत गाएर या नाचेर या आकृति कोरेर
कुनै प्रयत्न बाँकी राख्दैन सर्जक, रोकिदैन सर्जक,
अनवरत वगि रहन्छ र वगाई रहन्छ सुख दुःखमा धारा ।

सर्जक चिकित्सक हो समाजको
व्याधी किनारा नलागुन्जेल चीरफार रोक्तैन् सर्जक,
सर्जक र सृजनामा असिमित लगाव हुन्छ,
सर्जक र सृजना सिमानामा वद्ध हँदैनन ।

सर्जक भनेको साक्षी हो, सर्जक वादि पनि हो प्रतिवादि पनि हो,
अनि न्यायधिश पनि हो,न्याय र अन्याय बिरोधको संग्ख्हनाद पनि हो ,
साधन पहिचान गर्ने मन्त्र हो, समाधान पर्गेल्ने यन्त्र हो,
कला, साहित्य, विज्ञान दर्शन र ज्ञानको उत्पादक हो, र साधक हो, ,
साध्य, सिद्धान्त अनि मानको नीति, नीतिगत अर्ति हो
प्रकृया र परिणामको फेहरिस्त राख्ने इतिहास र वर्तमान हो
मानप्रतिष्ठा अनि सामाजिक सम्मानको साक्क्षि हो ।

सर्जक नै जनक र जननी हो समाजको
कारण कार्य र परिणाम अनि सृर्जनाको
सर्जक अत्वेषण गर्छ –भौतिकता आधिभौतिकता र आध्यामीकताको
रस, रसादी अनि गण र गणादीको
वन वनस्पति जीव र मानव सम्वन्धको,
त्यसैले सर्जक विज्ञान लेख्छ,
सिद्धान्त र दृष्ट्रान्त बनाउँछ र प्रस्तुत गर्छ
समाज चलायमानताको साचो समाजलाई नै बुजाऊछ

सर्जक ज्ञान को सृजक हो
सीप, कला र कौशल को पारखी होे
सर्जक ज्ञानको कारखानामा ज्ञानकै उपयोग गरेर ज्ञान उत्पादन गर्छ
र समाजलाई डो¥याउँछ,
किनकी सर्जक नै समाजको उर्जा र गति हो,
सर्जकले सिर्जना गर्छ–समाजको लागि,
उ रम्छ पनि समाजकै लागि अनि रून्छ पनि समाजकै लागि
अनि हराउँछ र विलाउँछ पनि समाजकै लागि ।

। । शुभम् । ।

प्रतिक्रिया