नारीको मन्द मुस्कान झल्काउने अनेक लिपस्टिक
म सजिन्थें सोह्र सृङ्गार पछि लिपस्टिकले निखारिन ।
सजाएर राख्छु संधै म आफ्नो सोकेसमा
लस्करै रंङ्गी बिरंङ्गी लिपस्टिकहरु ।
कहिले काहिं बिर्सन्थें लिपस्टिक लगाउन
फर्केर घर दौडन्थें फेरी लिपस्टिले सजिन ।
सासु भन्थिन् अचेलकाहरु कति नक्कली
रातो पो लाउनु नि लिपस्टिक के के रंङ्ग हो ।
‘नानी’ धेरै नधस्नु लिपस्टिक ससुरा भन्थे
उत्ताउली देख्लीउनी कुलकी बुहारी मान्छे।
पतिलाई सोध्थें यो लिपस्टिक सुहाएछ र ?
पति भन्थे के रंङ्गको लाको लिपस्टिक ?
भलादमी कलर लाउनुनी सोह्र बर्षे हौ र ?
म ऐना हेर्छु ओ हो सुहाउादा रैछन् मलाई
सबै रंगका लुगामा म्याच हुने गरी ।
लिपस्टिक मिस भएपछि म रन्थनिन्छु
मेरो लिपस्टिक खै –देख्यौ ? सबलाई सोध्छु ।
‘छोरो भन्छ’ छोरा मान्छे लिपस्टिक सिपस्टिक ह्यया ।
‘छोरी भन्छे’ उमेर भाको छैन मेरो लिपस्टिक लाउने
‘के सोध्नु भा मम’ संधै लिपस्टिककै अलमल क्या… ।
लकडाउन खुल्यो अब लिपस्टिक लगाइ हिंड्नु छ
लागाएर नि के गर्नु फेरी लिप त माक्सले नै ढाक्नु छ ।
अब हुनु परेन लिपस्टिकको लागी अटेन्सन
तर बेकार हुने भो नि ! सबै सबै कलेक्सन ।
अब लिपस्टिक लगाएर के गर्नु ।
अलका मल्ल काठमाडौं
प्रतिक्रिया