सालिकसंगको गुनासो ।

सुशील नेपाल २०७७ असार ५ गते २१:४८ मा प्रकाशित

चौवाटोमा ठाडिएको शालिकलाई यस्सो हेरें,
आंखै जुधाउने हिम्मत भएन,
हाम्रो हुतिहारा सम्मति पनि दोषी छ,
सिस्नुपानीले झ्याम झ्याम पार्नु पर्नेहरू,
लामवद्ध भएर,
राष्ट्रिय झण्डा फरहाउदै,
करवर्षको निंहूमा, हाम्रो तिरोवाट किनेको,
मोटरमा सररर् फररर् हिडदै छन् !
तिमी मौन शालिकलाई म के भनूं ?
तिम्रो अस्थि वागमतीमा विसर्जित गरेकै भोलीपल्ट-
सुख,सुविधामा सम्भोगरत छन् तिम्रा सहयात्रीहरू-
भ्रष्ट्र,अनैतिकताको गर्भधारकहरूले,
जन्माउनै सकेनन् प्रजातन्त्रको स्वस्थ शिशु –
जन्माए केवल अनास्थाका अवैध संन्तान,
र सालनाल सहितै,
पृथ्वीनारायणको सालिक सामु गाडिदिए,
सवैले चिन्हेका छन् ती अनुहारहरू,

हे सालिक यहां अचेल समय नै स्तव्ध छ,
मौनता पनि काहाली लाग्दो छ,
आस्था र विश्वासको संकटकाल छ,

कस्तो विवंण्डना !
तिमीले छातीमा गोली थाप्यौ,
पछि यिन्ले दाम थापे ,
तिमीले रगत दियौ,
यिन्ले धोका दिए,
तिम्ले सर्वश्य दियौ,
यिन्ले सर्वाड्ग पारे,
अव को सम्वाद पनि सम्वाद रहेन,
अव सक्छौ भने ती ढुंड्गाको आंखा खोल,
उन्मादमा बांचेका छन तिम्रा सहयोद्धाहरू,
रतिरागमा व्यस्त छन,
दिनहूं हुने तिन्का निर्लज्य रत्यौलीको तिमी
मूकदर्शन अव नवनी देऊ,
रात लामो भयो,
विहान भयो सवै उठे,
ढुंड्गाको आंखावाट आंशु चुहाएर,
तिमी नै तिम्रा सहयोद्धाहरूलाई भन,
‘म तिम्रा नाटक हेर्दै छु भनेर !’

सुशील नेपाल,

राजमित्रको प्रांगण,
माल्डेन, वोस्टन
अमेरीकाsushilnepal705@gmail.com

सुशील नेपाल

लेखक /साहित्यकार

प्रतिक्रिया