ब्यङग्य कविता : क्वारेन्टाइनमा बाँचे भने काेराेनाले लान्न

इनेप्लिज २०७७ असार २ गते २२:३१ मा प्रकाशित

जन्मभूमी आउँदा समेत मुश्कान छैन ओठमा
क्वारेन्टाइनमा बस्नु पर्दा आज भैँसी गाेठमा!

सरकार पनि अच्म्मैकाे अहिले गाँउ गाँउमा
भैँसी गाेठमा मान्छे राख्छ क्वारेन्टाइनका नाँउमा!

गाेठका पशु अन्त सारि त्यस्लाइ पारि खाली
न त ढाेका लाउन मिल्ने न त तार जालि!

लामकिराले बान्नी हाे कि चितुवाले तान्नि
के लाइ छाेड्नि के लाइ गन्नि के काे डर मान्नि!

सुत्न पनि मिल्ने हाे र जिउ नै खसखस गरि
भैँसी गाेठका जुम्रा किर्ना सल्कि हरै भरि!

काेराेनाकाे त्राससङ्गै किर्नाकाे नि भय
नँयै राेग पाे सर्नै हाे कि त्यहाँ बस्न गए!

मान्छे चुस्ने जन्तु चुस्ने अनेक थरि किर्ना
स्वदेश बिदेश जँहा पनि छाेडेनन् नि पिर्न !

सामुहिक त्याे बलत्कार अझै महिला माथि
दुइ खुट्टे ति जन्तु पनि छिर्दा रछन् राति!

चार खुट्टेकाे भन्दा अझ दुइ खुट्टेकाे डर
रक्षक पनि भक्षक हुन्छन् क्यारि पर्नु भर!

न त राख्छन् मान्छे अझ बेग्ला बेग्लै गरि
पशु सरि काेचेकाे छ मान्छे गाेठै भरि!

क्वारेन्टाइन मै मान्छे माेर्ने आउँदा यस्ता दिन
सुधार्ने त्याे मेसाे चाँहि देखिएन किन?

न त कुनै मापदण्ड न विज्ञकाे राय
क्वारेन्टाइनकाे खर्च भन्दै भा काे बजेट खाए!

ज्यान जाेगाउन फर्कि आउँदा आज आफ्नै घर
काेराेनाकाे भन्दा पनि क्वारेन्टाइनकाे डर!

काेराेनाले क्यार्थ्याे क्यार्थ्याे क्वनरेन्टाइनलेइ मार्याे !
भाेग्निलाइ झन कस्ताे हाेला देख्निलाइ नि गार्हाे!

काेराेना पाे आयो भन्थे आज जगत भरि
कमाउने पाे दिन हुन कि खै नानाभाँति गरि?

अच्म्मै पाे हुँदाे रै छ लागे पछि बानी
आफ्नै कात्राे किन्दा पनि कमिशनै खानि!

दश अरबकाे खर्च आज काेराेनाका नाँउमा
भैँसी गाेठमा क्वारेन्टाइन हरे कठै गाँउमा!

बाध्यतै छ क्वारेन्टाइनकाे क्यारि भनुन् जान्न्
क्वारेन्टाइनमा बाँचे भने काेराेनाले लान्न!

-अर्जुन राज पन्त ,(ब्यङग्य कवि पन्त नेपाली साहित्यको पहिलाे ब्यङग्य काब्य” काेइली”का समेत लेखक हुन)

प्रतिक्रिया