गजल :दुख बिर्सिएर खुशी जमाउने मन थियो

शारदा क्षेत्री,हाल :न्यूयोर्क,अमेरिका २०७७ असार २ गते २१:५६ मा प्रकाशित

दुख बिर्सिएर खुशी जमाउने मन थियो!
प्रभातको किरण संगै रमाउने मन थियो!

कोरोना भाइरसले निराश भएको बेला!
उमंगमा बसन्त ल्याइ हसाउने मन थियो!!

मान्छे संग डराएर किन भाग्छौ ए जिन्दगी!
कैद गरि ढुक-ढुकिमा बसाउने मन थियो!!

अनयासै आँसु झारी टुक्रिएका बिपतिमा!
मानवता को गाठो कसाउने मन थियो!!

पलमै बन्द कोठा भित्र अतालिएको बेला!
खोज गरि बिगतलाइ सच्चाउने मन थियो!!

प्रतिक्रिया