” मैले देखेका कुरा”

कमला प्रसाईं, हाल न्यूयोर्क २०७७ असार १ गते २३:५७ मा प्रकाशित

कलाकार, साहित्यकार अनि खेलाडी भनेका देशका गहना हुन्, देशको गौरव हुन् तर गणतन्त्र नेपालले यिनीहरुलाई अहिले आएर चिन्न सकेको छैन, चिनेको छ त पार्टीको झोला समाएर हिड्ने केही औलामा गन्नेहरुलाई टेन्डर दिएर आफ्नो पैसा लुकाउने काममा प्रयोग गरेका उदाहरणहरु तपाई हामीबीच प्रशस्त छन्।

हिजो राजाहरुको पालामा (कला, साहित्य,संगीत अनि खेल) कलाकार, साहित्यकार अनि खेलाडीहरुको कत्रो ईज्जत् थियो, सान थियो अनि गौरव थियो, किनकि राजारानीहरुले उनीहरुको महत्त्व बुझेका थिए फेरि आफै पनि कलाकार, साहित्यकार थिए। श्री प्रताप सिंह शाह, श्री म वि. वि. शाह, श्री चाँदनी शाह, श्री जी शाह, जो आफैं ख्यातिप्राप्त साहित्यकार थिए र हुन् , त्यतिबेलाको जमाना जतिबेला श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण नारायण शाहको पालादेखि नै दरबारमा कलाकारको भिड लाग्ने गर्दथ्यो रे, यसैबाट बुझिन्छ कि राजाहरुले देशलाई र देशभित्रका गहनाहरुलाई कति महत्त्व दिएका थिए भनेर ।

आज देशका कलाकार, साहित्यकार, खेलाडीहरु किन बिदेशी भूमिमा रोजी रोटीको लागि पलायन भएका छन् के यो राष्ट्रिय चिन्ताको बिषय होइन् र? कसलाई बिनाकारण बिदेशी भूमिमा जोतिने ईच्छा हुन्छ र! त्यही भारतमा कलाकारको कत्रो ईज्जत् छ।, चाईनामा कलाकारको कत्रो ईज्जत् छ। अमेरिकामा एउटा किताब पपुलर ( popular)भयो भने वा एउटा मुभि पपुलर भयो भने सुती- सुती खान पुग्छ फेरि देशले पनि ठूलो सम्मान र सुरक्षा दिएको छ।

अन्तिममा नेपाल सरकारको ध्यान आकर्षण गर्न खोजेको भन्दा पनि तितो यथार्थ देखाउन अनि बुझाउन खोजेको मात्र हो, नेपाल एकेडेमीले पनि यस्ता कुरामा ध्यान दिनु अति आवश्यक देखिन्छ।

कमला प्रसाईं, हाल न्यूयोर्क

प्रतिक्रिया