” पृथ्वीको चेतावनी “

कमला प्रसाईं , हाल न्यूयोर्क २०७७ असार १ गते २३:३३ मा प्रकाशित

तिमीहरुले दिएका अनगिन्ती चोटहरुले
पृथ्वी त्यसै थिचोमिचो भएकी छैनन्!
पृथ्वी माताले सहनुको पनि त सिमा हुन्छ नि!
हरपल आफ्नो अस्तित्व भुलेर
उनी हाम्रै निम्ति बाँचिरहेकी छिन!
उनीको आत्मा जलाएर
भित्रभित्रै मुटु फुट्ने गरि कति रोएकी छिन होला!
यी कुराहरु सुन्न पर्छ भनेर
सँधै तिम्रा कानहरु बन्द गर्नु पर्ने हो त?
यस्तै- यस्तै तिम्रा बुद्धिहीन भ्रष्ट गल्तिहरुले
धेरैका मनभित्र अब शंका- उपशंका उठ्न थालेका छन्,
तिमीभित्रका दुर्गन्धले भरिएका भावना र बिचार
अनि चोटका निर्मम प्रहारहरुले
उनीभित्र यतिबेला के बितिरहेको होला???

त्यसैले म चेतावनी दिंदैछु-
तिमीले बाग्मती नदीलाई अपवित्र पार्न खोज्यौं
त्यो पनि मैले सहदैं आएकी थिए,
अनि
कर्णाली पनि अपवित्र पार्यौ
त्यो पनि सहदैं आएकी थिए,
अब त कालापानी नै अपवित्र पारेर
परचक्रीहरुलाई सुम्पेको भन्ने सुनिदैंछ!
के यो साँच्चै कै हो त ????
यदि हो भने, त्यो त म सहन सक्दिन
र फेरि पनि भन्दैछु-
अपराधीहरुको पाप पखाल्ने भाँडो होइन् म
म त स्वयम ईश्वरीय शक्ति र बरदान हुँ,
मैले केही सिमा सम्म सहन सक्ने रुप हुन्छ,
म स्वयम् ईश्वरको रुप भएकोले
मैले तिमीहरुको रक्षा गरिरहेकी छु
किनकि यस धर्तीमा केही धर्मावलम्बीले गर्दा
आज सम्म म चुप रहेकीछु
तर अब धेरै पापीहरुले राज गर्न थालेर
मलाई धेरै दुख दिन थालेका छन्
अब मैले धेरै थिचोमिचो खप्नु हुँदैन,
त्यसैले अब म पापीहरुलाई चाहेको बेला गण्डकी भएर,
चाँहेको बेला कर्णाली बनेर
त्यतिमात्र हैन, बागमती र सप्तकोशी भएर कठोर रुपमा बग्न खोज्दैछु।
अब तिमीहरुको अत्याचारलाई
म सुर्य जस्तै चर्को ताप र आगो बाल्दै
अब जतिबेला पनि ज्यालामुखी बनेर फुटन सक्छु
अनि पानीलाई बिषमा परिवर्तन गरि पापीहरुको
बिनाश गर्न सक्छु!
त्यसैले तिमीहरुलाई मेरो अन्तिम चेतावनी –
मेरो आत्मालाई धेरै रुवाई सक्यौं
म देश बचाउन पापीहरुलाई खरानी बनाउन पनि सक्छु,
पापीहरुलाई खरानी बनाउन पनि सक्छु।।।।

कमला प्रसाईं , हाल न्यूयोर्क

प्रतिक्रिया