तेस्रो_प्रार्थना_कार्यक्रम-🔱 Hindu Buddha Mandir,Baltimore

इनेप्लिज २०७७ असार १ गते ११:३४ मा प्रकाशित

#तेस्रो_प्रार्थना_कार्यक्रमको_तयारी!
🔱 Hindu Buddha Mandir को आयोजनामा प्रत्येक महिनाको दोस्रो आइतबार ZOOM “जुम” र अन्य अनलाईन मिडियाहरु मार्फत प्रत्यक्ष प्रशारण हुँदै आएको “विशेष सामुहिक प्रार्थना कार्यक्रम” को निरन्तरता स्वरुप #तेस्रो_संस्करणको_प्रार्थना_कार्यक्रम जुन १४ तारिख आइतबार समाप्त भयो ।

कोरिना कहरको महामारी बिच समुदायमा उत्पन्न विभिन्न समस्याहरुसँग लड्न र समुदायको मनोबल बढाउन साथै विवशताले ब्यक्तिगत दुरीमाभयो रहनु परेता पनि आपसी भाईचारा र सद्भावलाई कायम राख्न पनि आजभोलि यस्ता प्रार्थना कार्यक्रमहरुले महत्वपुर्ण स्थान पाउन थालेको पाइन्छ। पहिलो र दोश्रो शृङ्खलाका हाम्रा प्रयासहरुमा बिश्वभर छरिएर रहेका हाम्रा परिवारजनहरुको उत्साहपुर्ण चासो र सहभागितासँगै यसलाई अझ रचनात्मक र सहभागीमुलक बनाउने प्रयासहरु भैरहेकोले पनि यहाँहरुको सृजनात्मक साथ, सहयोग र सहभागिताका लागि समेत हामी हार्दिक आह्वान गर्दछौं।

कोरोना महामारीका विरुद्ध मानवकल्याणका लागि भैरहेका हरेक अभियानहरुमा हामी सबैले हातेमालो गरौं।

..आउनुहोस् सबै मिलि प्रार्थना गरौं।

थप जानकारीका लागि सम्पर्क:
डा. श्याम कार्कि : 410-459-8070
कृष घिमिरे: 443-858-1491
गुरु कमलनाथ सापकोटा: 443-652-0726
शलिना शर्मा: 484-225-0926
श्रीजन ताम्राकार: 443-929-5885
श्रीकृष्ण रेग्मी: 443-322-4989

तथा हिन्दु बुद्ध मन्दिर परिवार

प्रतिक्रिया