पारिले…. जितेका मन् हरु !!!!

मुकुन्द कोइराला (ठुटे कवि ) २०७७ असार १ गते ३:५३ मा प्रकाशित

हो मलाई दुख्दैन म निस्ठुरी छु
म बैगुनि पनि छु
म मुर्ख पनि छु
म बुझ्दै बुझ्दिन
र त म असभ्य छु
यदि यो धर्तिमा कोहि छ
भने
त्यो मनै हुँ
जो नबुझेरै
नजानेरै, यो देह त्याग् गर्दै छु !!

जस्लाई आज कालापानि दुख्छ
सुस्ता दुख्छ
तर दुख्दैन उस्को मन्
देबरायण को टाउको फुट्दा
हो उस्ले हरेक् दिन स्वाधिन्ताको गीत्
गाउछ
ओकल्छ कुनै जड्याहा ले
ओकलेझै अनगिन्ति बात् हरु
उस्को स्वाधिनता त्यहि स्खलित् हुन्छ
जहाँ
भैया !मना हे !
घोसे मुन्टो लाएर दोधारा
बाट फिरेको रात्
फेरि भट्त्टि बाटै सुरु हुन्छ
उस्को स्वाधिनता
मानबता !
बिर्सिन्छ उस्ले पहिरोले लछारेका बस्तिहरु
भेरीका उम्दा लास हरु
उस्ले देख्दैन मानबता
सिमाना बन्दभएका दिन
भु -कम्पले ढलेका टङाल् हरु
उस्ले सम्झदैन पिडा
अतितका
बिर्सिन्छ सबै
जसरी डुबेको छ् सुस्ता
जब डुब्छ नि उ!! मुम्बईका काहानीहरुमा !!!!!

नजानेर खाएको बिस
लाग्दैन र साथि ?
बिर्सिएर नतिरेको, रिण् को
ब्याज् लाग्दैन र साथि ?
हो मलाई थाहा छ् !
पानि जीवन हो
तर
पानीमै डुबे मृत्‍यु कि जीवन साथि ?
अलि अलि पीउ साथि
डुब्ने कोसिस् चै नगर है !!
डुब्नु अघि पौडिन सिक्नु पर्छ !!
म त नबुझ्ने मान्छे !!
मानबतै मरेको मान्छे !!
तिमी खान मपाएरै मरेको दिन
याद् छ कि छैन !!
आगो माग्न जादा
छिमेकिले चुक्कुल् लगाएको थियो
त्यो झरि परेको दिन
गोधुली साझ मा

तारा गनेर
गर्ल्याम्म् दल्यान्को खाबो अगालो हालेको दिन
चुमेर सुतेको दिन
बिर्सियौकी कसो ?
मुल ओछ्यान को माटो
साउती गर्दै
रयालेको खरानि पिएर सुतेको दिन
अस्टमी थियो !!!
नुन को अभाब् मा मैले
आफ्नै पसिना निधार बाट
भुइमा खस्न नपाउदै मुख्बाट निलेको थिए
म त बिर्सिन्न साथि मुम्बई का
काला रात्रि हरु
के ???
सेतो साप ले डसेको मान्छे
मर्दैन र साथि ????

म नचिनेरै मर्ने भए
बिरालाको रंग
र सर्पको बिस !!
उनि पनि नबुझेरै मरे
तिमीत जानेर मरन् साथि
तिनी पनि नबुझेरै मरे
अहिले त तिमीले बुझ्दैछौ साथि
कसौटिको बात् बुझेर गर
कसौटिमै मुन्टो जोतेर नहेर साथि !!
म नबुझेरै मर्ने भए
कम्सेकम् तिमी त बुझेर बाच् साथि !!!!

मुकुन्द कोइराला (ठुटे कवि )

प्रतिक्रिया