माननिय र पुर्व माननियहरुले देश लुटिरहेको वेला
जनताहरु चुपचाप छन ।
किनभने उनिहरु व्यस्त छन ।
कोही लोकसेवाको लाइनमा व्यस्त छन ,
कोही पासपोर्ट लिने लाइनमा व्यस्त छन,
कोही कोरीया जाने लाइनमा व्यस्त छन,
कोही जापान जाने लाइनमा व्यस्त छन,
कोही पेट्रोलको लाइनमा व्यस्त छन ।
अरवको खाडीमा गधा चराउने वलवहादुरहरु
तलव पाउने वित्तीकै घरमा पैसा पठाउछन ।
पहिले पहिले त्यत्ति पैसाले मज्जाले पुग्छ भन्ने श्रीमती,
अहिले नपुगेर एक छाक मात्र खान्छांै भन्छे ।
छोरालाई वोडिङ बाट निकालेर सरकारी स्कूलमा सारें भन्छे ।
लुगा किन्न नसकेर, पोहोर कै टालेर लाँए भन्छे ।
तर वलवहादर अचम्म मान्दैन ।
किनभने उसलाई थाहा छ,
अहिले नेपालमा सवथोक कालो वजारमा किन्नपर्छ ।
सामान्य वजारमा केही पाइदैन ।
कालो वजारमा सवथोक पाइन्छ ।
समानता एउटा छ स: कालो वजार र सामान्य वजार उही साहुले चलाउछ ।
मात्र फरक यत्ति छ, दुइ पैसामा पाइने जिनीस, कालो वजारमा दुइ रुपियाँमा किन्नुपर्छ ।
बलवहादुर नेपालका गधाहरु सम्झन्छ ,
अनि अरवमा आफैले चराउदै गरेका गधाहरु हेर्छ ।
उसलाई नेपालका गधाहरु भन्दा त्यहीका गधाहरु ठिक लाग्छन ।
नेपालका गधाहरु सवै काम अरुका लागी गर्छु भन्छन,
तर आफ्नो पेट मात्र भर्छन ।
आफ्नो परीवार र नातेदारको लागी मात्र काम गर्छन,
वा असल गधा परेछ भने आफ्नो ग्याङको लागी मात्र गर्छन ।
जे वोल्छन त्यो गर्दैनन,
जे गर्छन, त्यो वौल्दैनन ।
तर, अरवका गधाहरु जे गर्नपर्ने हो त्यही गर्छन ।
त्यसैले उसलाई नेपालका गधाहरु भन्दा अरवका गधाहरु ठिक लाग्छन ।
डा किशोर सापकोटा ‘मणि’
प्रतिक्रिया