क्वारेन्टाईनमा बसेकी महिलामाथि सामुहिक बलात्कार

वीरेन्द्र रावल २०७७ जेठ ३२ गते १५:३४ मा प्रकाशित

वीरेन्द्र रावल । धनगढी  स्वयं सेवकको भूमिकामै रहेका एक जनाले होइन तीन तीन जनाको मति बिग्रेपछि स्वयं सेवामा लागेका मानिसहरु माथीनै आँच आउने सर्वनाक घटना कैलाली जिल्लाको एक क्वाईरेन्टाईनमा हुन पुगेको छ ।कैलाली लम्की चुहानगरपालिकाको क्वारेन्टाईनमा बसेकी महिलालाई स्वयंसेवकले सामुहिक बलात्कार गरेको आरोप लागेको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका १ मा रहेको सहिद स्मृती माविको क्वाईरेन्टाईनमा रहेकी ३१ बर्षीय महिलालाई बलात्कार गरेको आरोप लागेको हो।पीडित महिलाले क्वारेन्टाईनमा स्वंयमसेवकको रुपमा राखिएका ३ जनाले आफुलाई बलात्कार गरेको आरोप लागेको लगाएकी छिन्।

क्वारेन्टाईनमै बलात्कार भएको भन्दै आईतबार उक्त स्थानमा स्थानीयले विरोध प्रदर्शन गरेका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टका अनुसार दुव्यवहार गर्ने ३ जनालाई नियन्त्रणमा लिईएको छ ।

क्वाईरेन्टाईनमा समेत रहेकी महिला माथी संवेदनशील अवस्थमा बलात्कार जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरुलाई हदै सम्मको कारवाही हुनु पर्ने माग स्थानीयले गरेका छन्।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया