साॅध र सिमाना खाकामा
बल्ल कोरिएका छन्
दिपावलीगर्दै अब कुटो
उठाउ हातमा
जुनवेला जे पनि हुनसक्छ वरिपरिबाट
स्वावलम्भनको ऊर्जा जगाउ ॲातमा
शब्दहरूसॅग जति खेले पनि
रोग, भोक र गरिवी मेटाउने कर्म नै हो
स्वतन्त्र , स्वाभीमानी र स्वावलम्भी बन्नु छ भने
अब, कर्मको विगुल फुक्नेबेला भो
नअल्झिंउ रछ्यानहरूमा,
बचाएको मीठो खाएर,
कुम्भकर्ण लम्किरहेको छ ,वर्षौंसम्म बसाईं सर्न
अनेक वहानामा हाम्रो खाएर उस्को भोकमार्न
र निल्ने छ फेरि अनि ओकल्ने छ
त्यो तिम्रो या मेरै घर पनि
ढ्याङ्रो ठोकेर तर्साउने छ
नाका थुनेर तड्पाउने छ
भजनहरू मीठो गाइ गुन्गुनाई
धेरैलाई “ सुधामा” बनाउने छ
विचारका मन्थनहरू गर्दै गरौंला
कोरोनाको कहरबाट बच्दै रहॅुला
सियो देखि जहाजसम्म, नुनदेखि सुनसम्म
खै, सोचेर खोज त युवा मष्तिस्क मष्तिस्कमा
आफ्नै पैतालाले कुच्चिएका खानीहरू
धरातलको गर्वमै चेपिएका छन्
भूगोलको कुना कुनामा ज्यामितीको
फन्को मारेर त हेर
स्वर्ण मुद्राहरू असरल्ल छरिएका छन्
प्रतिक्रिया