एक्लै आउने हो सवै एक्लै जाने हो, वस दुइचार पलहरु संगै विताउने हो (भिडियो सहित)

इनेप्लिज २०७७ जेठ ३१ गते १५:३४ मा प्रकाशित

गीतकार कृष्णहरि वराल मानिसको जीवनलाई टपक्कै टिपेर गीत लेख्छन् । उनले पहिलानै लेखेको गीत मर्ने कसैलाई रहर हुंदैन अहिले कोरोनाको महामारी संगसंगै झन् सान्दर्भिक वनेको छ । यस्तै जीवनको वारेमा गहकिलो भाव वोकेको उनको अर्को गीत रेकर्ड हुन गइरहेको छ । सुमधुर स्वरका धनी राज सिग्देलको स्वरमा रेकर्ड हुने यो गीतलाई गैरे सुरेसले संगीत भरेका छन् भने किरण कंडेलले एजेन्ज गरेका छन् ।

रेकर्डको तयारीमा रहेको यो गीतलाई चर्चित गायक सिग्देलले हार्मोनियममा अभ्यास गरेर फेसवुकमा राखेका छन् ।

रेकर्ड नहुंदै सुनौ यो गीत ।

https://www.facebook.com/100005069797134/videos/1487251978120448

प्रतिक्रिया