पोखरा १० बुद्धमार्गबाट कास्की प्रहरीले ५ महिलासहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।

इनेप्लिज २०७७ जेठ ३१ गते १४:३३ मा प्रकाशित

 

कृष्णबहादुर गुरुङको घरमा डेरा गरी बस्ने ५० वर्षीया अन्जना गुरुङले खाल जमाएर बसिरहेको बेला प्रहरीले छापा मारेको थियो ।

पौनै ५ बजे प्रहरीको टोलीले जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपि दानबहादुर कार्कीले जानकारी दिए ।

घटनास्थलबाट ३ लाख २९ हजार ८ सय ५५ रुपैयाँ बरामद भएको प्रमुख कार्कीले बताए । यस्तो अबस्थामाम कास्की प्रहरीले जुवाडेसहीत पैसा बरामत गरेको थियो ।

उनीहरु सबैलाई जिल्ला प्रहरीको हिरासतमा राखी अनुसन्धान गरिरहेको र थप कारवाही अघि बढाइएको कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले बताएका छन भिडीयो सहीत

प्रतिक्रिया