हिमानी शाहले टिक-टक बनाएको ‘गुराँसको फेदमुनि…’ गीत कसरी बन्यो ? (भिडियो सहित)

डम्बरकृष्ण श्रेष्ठ / हङकङ २०७७ जेठ ३१ गते २:०१ मा प्रकाशित

‘गुराँसको फेदमुनि…’ गीत कसरी बन्यो ? हिमानी शाहले छोरीहरूसँग बनाएको टिक-टक ‘भाईरल’भएपछि सविन राईले गाएको ‘गुराँसको फेदमुनि…’ गीत फेरी एकाएक चर्चामा आएको छ ।

यो त्यहि गीत हो जसले सविन राईलाई नेपाली संगीत क्षेत्रमा चिनायो । तर यसका गीतकार गोपाल देवान र संगीतकार नवराम राई सधै ओझेलमा परे । सविन आफैले पनि यो गीतका गीतकार-संगीतकारको नाम म्यूज़िक भीडियो, अल्बम र सार्वजनिक कार्यक्रमहरूमा उल्लेख गर्ने-नगरेको गुनासो सर्जकहरुले नै गर्दै आएका थिए / छन्।

हिमानीको टिक-टक आएपछि गीतकार देवानले आफ्नो फेसबुक पोष्टमा गायक सविनलाई अनुरोध गरेर भनेका छन् -“गायक सविन राई भाइलाई हामी के अनुरोध गर्दछौं भने हामीलाई त्यो गीत वापत एक पैसा चाहिएन, तर नाम हुनु पर्यो ! म्युजिक एल्बममा नाम देऊ, सार्वजनिक रूपमा गीतकार र संगीतकारको नाम उल्लेख गर ! बस् त्यति भएँ पुग्छ, हामीलाई !! “ यो युट्यूब भीडियोमा संगीतकार नवराम राईले ‘गुराँसको फेदमुनि…’ गीतको रचनागर्भबारे बताएका छन् ।

केहि समय अघि हङकङको सांगीतिक कार्यक्रममा आउँदा संगीतकार/गायक नवराम राईसँग यो कुराकानी गरेका थियौ ।

भीडियो : जगत अम्बु गुरूङ

सम्पादन: डम्बरकृष्ण श्रेष्ठ

‘नेपाली लाईफ’ यूट्यूब च्यानल ।

@Nepali Life Youtube Channel

प्रतिक्रिया