लकडाउन खुकुलो पार्ने सरकारको निर्णय, कुन व्यवसाय कहिले खोल्न पाइनछ ? हेर्नुहोस

इनेप्लिज २०७७ जेठ २९ गते १०:३३ मा प्रकाशित

सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ। उच्चस्तरीय समन्वय समितिको प्रस्ताव अनुसार मन्त्रिपरिषदको बुधबार राति सम्पन्न बैठकले उक्त निर्णय गरेको हो।

सरकारले समितिको प्रस्ताव अनुसार तीन चरणमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ। यस अनुसार पहिलो चरण बिहीबारबाट २१ दिन लागू हुनेछ। त्यसको स्थिति हेरेर १५ दिनसम्म दोस्रो चरण कार्यान्वयन गरिनेछ। त्यसपछि तेस्रो चरण पनि थप १५ दिन लागू हुनेछ।

तीनै चरण पूरा भएपछि मात्र सरकारले कोरोना संक्रमणको स्थिति विश्लेषण गरी सबै सेवा तथा व्यवसाय खुला गर्नेछ। अहिलेकै अवस्थामा पनि लकडाउन पूर्णतया अन्त्य हुन कम्तीमा ५१ दिन लाग्नेछ। यसबीच संक्रमणको अवस्था अहिलेभन्दा नराम्रो भयो भने यो तालिका परिवर्तन हुनसक्छ।

प्रतिक्रिया