इतिहासमा पहिलो पटक नहुने भयो एसइई, बिद्याथीको नम्बर कसरी दिइन्छ, ग्रेड कसरी निर्धारण हुन्छ ? हेर्नुहोस

इनेप्लिज २०७७ जेठ २९ गते १०:२३ मा प्रकाशित

यस वर्षको एसइई परीक्षा नहुने भएको छ। मन्त्रिपरिषदको बुधबारको बैठकले एसइई परीक्षा नलिने निर्णय गरेको हो।

सम्बन्धित स्कुलहरूले नै आफ्नो आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीहरूको ग्रेड निर्धारण गर्ने निर्णय भएको एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पेस गरेको प्रस्ताव पारित गर्दै मन्त्रिपरिषदले उक्त निर्णय लिएको हो। यस सम्बन्धमा विस्तृत जानकारी शिक्षा मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर दिने भनेको छ।

गत चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण स्थगित भएको थियो। त्यसयता उक्त परीक्षा हुने कि नहुने अन्यौल थियो। शिक्षा मन्त्रालयले वर्तमान कानुन संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रिय स्तरको एसइई परीक्षा लिने विकल्पसहित प्रस्ताव लगेको थियो।

प्रतिक्रिया