एउटी सन्तान खाचो छ जगतलाई
एउटी बालाको चाहाना छ विश्वलाई
जसले यो रोग ग्रस्त संसारलाई
बिखनडनका खाल्डामा तप्त मानसिकतालाई
दिब्यताका प्रकाशहरू छर्केर भय मुक्त पार्न सकोस
संजिबनिका छिटाहरू सिञ्चन गरेर रोग मुक्त पार्न सकोस
मानवताका सुमधुरताले बिध्यमान विभेद लाई पुर्न सकोस
चेतनाका प्रकाश तरंगहरुले मानसपटलको अन्धकारलाई चिर्न सकोस।
त्यस्ती सन्तान को नितान्त जरुरि छ,
जस्ले मानब मानब बिच दुरी बडाएर आफ्नो स्वार्थ पूर्ति गर्नेहरुलाई
देह रंगको आधारमा अर्काको रगत पसिनामा खेलबाड गर्नेहरुलाई
जात जाति र धर्मको आडमा एक आपसको सहअस्तित्व तोडेर कमजोडलाई सिकार बनाउनेलाई
लिङ्ग भेदको खेल खेल्दै देह देह लाई उपभोग्य बस्तु झैँ शोसन गर्ने नरपसुहरुलाई
छानी छानी उदाङ्ग पारी सार्बजनिक पारी हदै सम्मको दण्ड दिन सकोस
र युगौ देखिको अत्याचारी संस्कारको अन्त गर्न सकोस।
एउटी त्यस्ती बाला नेत्रीको खाँचो छ,
जस्ले युगौ देखि छालाको रंगको आधारमा समाज भाडदै
कसैलाई काखा र कसैलाई पाखा लाएर एक अर्कामा त्रास भरेर समाज बाड्दै
एक आपसमा लडाएर तमासा हेर्नेको फेहरिस्त सार्बजनिक गर्न सकोस
र त्यस्ता द्वन्द कारक दुस्मनुस्यता बोकेका दुस्कर्हरुमा मानवता भरेर मानब बनाउन सकोस
एउटी त्यस्ती धर्तिकी नानीको सख्त जरुरि छ
धर्मबाद, जातिबाद, राज्नितिबाद का बाद बाद सिर्जना गरेर गरिने शोषण
भुभौगोलिक परिस्थितिलाई कमजोड ठानी गरिने शोषण
जातजाति, लिङ्ग रंग, धन र मनका आधारमा गर्ने र गरिने शोषण
र निरन्तर निमुखा बनाइने र उनीहरु लाई नै गरिने शोषण
जरै देखि उखेली त्यस्ता कुक्रित्यहरुमा अंकुस लाउन सकोस
तमाम भेद विभेदको अन्त्य गरि समाजलाई बाँच र बाँचनदेउ को मर्म मा ढाल्न सकोस ।
त्यस्ती एउटी सुकुमारीको आबस्यकता छ,
जसमा बज्र समान छाती र सुर्य समान तेज होस्,
जस्ले आफ्ना तेजस्व प्रकासले समाज लाई देदित्यमान बनाउन सकोस
र त्यो प्रकासले जगतलाई बसुदैब कुटुमबकम ज्ञान साम्राज्य स्थापित गरि
समाजका सबै तापको हरण गर्न सकोस
शान्ति को साम्राज्य स्थापित गर्न सकोस
मान्छे ले मान्छे भै साच्चैको स्वतन्त्रता मा बाच्न पाउन सकोस
त्यस्ती सुमधुरताले परिपूर्ण नेत्री को खाँचो छ,
जसले सबै संसारका प्राणी लाई
नव सिसुलाई आमाकोजस्तो मातृत्व प्रदान गरि सम्रक्क्ष्यन प्रदान गर्न सकोस
जगतलाई बसुदैब कुटुमबकम को ज्ञान साम्राज्य स्थापित गर्न सकोस
तमाम भेद विभेदको अन्त्य गरि समाजलाई बाँच र बाच्न देउ को मर्ममा ढाल्न सकोस् ।।।।
-प्रा डा मेदनीप्रसाद भण्डारी
प्रतिक्रिया