लकडाउनका मुक्तकहरु

राधेश्याम लेकाली २०७७ जेठ २८ गते १:३९ मा प्रकाशित

१.
मृत्यु दियो RDT ले अब काम नलाग्ने भयो
मृत्युबाट बचाउने भयो PCR ले अब बढाउनु पर्ने भयो
क्वारेन्टाइन मृत्युको अजायब घर जस्तै भएको छ हजुर !
लकडाउनले भोकै बनायो उलंघन गर्दा कोरोनाले मरिने भइयो।

२.
बोलिमा मिठास छ भन्दैमा मन कालो छैन नभन्नु
झट्ट हेर्दा खाइ लाग्दो छ भन्दैमा गतिलो छ नभन्नु
यहाँ पाइला पिछे छद्मभेषीहरुको कमी छैन हजुर !
निरीह अनुहार हेरेर अपराधी होइन भन्दै नभन्नु ।

३.
संसदमा कहिले कुर्सी हानाहान हुन्छ
संसदमा कहिले मुक्की हानाहान हुन्छ
अब लुरेहरुका लागि लाखौंको जिमखाना चाहियो हजुर !
संसदमा कहिले उचाल्ने र पछार्ने काम हुन्छ ।

४.
शक्ति दम्भको प्रदर्शन गर्ने पनि आज पराजित हुनु पर्यो
शक्ति घमण्डको प्रदर्शन गर्ने पनि आज पछि हट्नु पर्यो
समयले कहिले आसनमा कहिले सडकमा पुर्याउछ हेक्का राखे हजुर !
शक्ति उमंगको प्रदर्शन गर्ने पनि आज बङ्करमा लुक्नु पर्यो ।

५.
वर्तमान युग उन्मादी विषालु सर्प बनेको छ
वर्तमान युग निष्प्राण र निरर्थक बनेको छ
यो समय शान्तिको पुकार गर्ने वैदिक ध्वनी हुन सकेन
वर्तमान युग विषालु जीवाणु कोरोना बनेको छ ।

६.
दासहरुको देश हुने भयो
जल्लादहरुको देश हुने भयो
सिमाना र एमसीसीले मन कुढिदै गएको छ
कपुतहरुको देश हुने भयो ।

७.
देशको एउटा कुना त हो बेचेर ऐस आराम फर्मायो
देशको एउटा नदी त हो बेचेर सत्ता जमायो
राष्ट्रियतालाई पानी ठान्नेहरुसित होसियार हुनु पर्छ अब
देशको एउटा स्वाभिमान त हो बेचेर अकुत सम्पत्ति कमायो ।

८.
वर्तमान युग उन्मादी विषालु सर्प बनेको छ
वर्तमान युग निष्प्राण र निरर्थक बनेको छ
यो समय शान्तिको पुकार गर्ने वैदिक ध्वनी हुन सकेन
वर्तमान युग विषालु जीवाणु कोरोना बनेको छ ।

९.
दासहरुको देश हुने भयो
जल्लादहरुको देश हुने भयो
सिमाना र एमसीसीले मन कुढिदै गएको छ
कपुतहरुको देश हुने भयो ।

१०.
देशको एउटा कुना त हो बेचेर ऐसआराम फर्मायो
देशको एउटा नदी त हो बेचेर सत्ता जमायो
राष्ट्रियतालाई पानी ठान्नेहरुसित होसियार हुनु पर्छ अब
देशको एउटा स्वाभिमान त हो बेचेर अकुत सम्पत्ति कमायो ।

११.
प्रेमको हत्या गर्छ मान्छे जातको कुरा गरेर
सम्बन्धको डोरी चुडाउछ मान्छे ठालु पल्टिएर
हेर्नुछ अब यो देशको न्याय र अन्याय कानुन छ कि छैन हजुर !
दुई आत्माको विछोड गर्छ मान्छे निरङ्कुश व्यवहार देखाएर ।

१२.
दुसित भावले तिम्रै मन मैलो हुन्छ
हीन भावले तिम्रै मन कालो हुन्छ
खोला तरे पछि लौरो बिर्सनेको कहिले भलो हुन्न
कलुसित भावले तिम्रै मन धमिलो हुन्छ ।

१३.
यो दुखको बेला हो
एकले अर्कोलाई सघाउने बेला हो
यतिबेला होच्याउने र इवी साध्ने होइन हजुर !
मानवीय स्वभाव देखाउने बेला हो ।

१४.
यो दुखको बेला हो
एकले अर्कोलाई सघाउने बेला हो
यतिबेला होच्याउने र इवी साध्ने होइन हजुर !
मानवीय स्वभाव देखाउने बेला हो ।

१५.
हिंसा र प्रतिहिंसाका विरुद्ध बुद्धलाई उभ्याउनु पर्छ
जालझेल र कपटका विरुद्ध बुद्धलाई उभ्याउनु पर्छ
यतिबेला इमान र आचरण समाप्त भएको छ हजुर !
हत्या र लडाइका विरुद्ध बुद्धलाई उभ्याउनु पर्छ ।

१६.
ऊ दया गर्न जान्दैन र घमण्ड गर्छ
ऊ माया गर्न जान्दैन र फुर्ती गर्छ
अक्षरको कालो ब्यापारले ऊ सम्पन्न बनेको छ
ऊ सम्मान गर्न जान्दैन र होच्याउने काम गर्छ ।

१९.
विरोधी जतिलाई जेलमा कोच्नु पर्छ
कुरा काट्ने जतिलाई हतकडी लगाउनु पर्छ
विरोध गर्नुको पनि हद हुन्छ नी !
आलोचना गर्ने जतिलाई सजाय सुनाउनु पर्छ ।

२०.
पुरस्कार दिने बेला कार्वाही गर्छ मान्छे
साथ लिने बेला कित्ताकाट गर्छ मान्छे
कोरोनाको मृत्यु अगि उभिएर पनि
नम्र हुने बेला अहम् प्रदर्शन गर्छ मान्छे ।

२१. सर्वहाराको नेतृत्व गर्ने दल सरकारमा छ
गरीबको वकालत गर्ने दल सरकारमा छ
तर आज सरकार नभए जस्तो छ
निसहायको पक्षमा उभिने दल सरकारमा छ ।

२२.
दिएको वचन कहिले फिर्ता लिन नपरोस
कसैलाई कहिले मित्र घात गर्न नरोस
२०७७ साल बर्षभरि दिन मात्र सकियोस
विश्वास तोडेर कहिले मन दुखाउन नपरोस ।

२३.
देख्दै गोली हान्न सकिने भए हुन्थ्यो
देख्दै खुकुरीले घाटी छिनाउन सकिने भए हुन्थ्यो
मृत्यु दिने अज्ञात शत्रु यो कोरोनालाई
देख्दै चितामा पोल्न सकिने भए हुन्थ्यो ।

२४.
यो चुनावको समय होइन
यो रिसइवी साध्ने समय होइन
मानवीय व्यवहार गर्ने समय हो
यो भ्रष्टाचार गर्ने समय पनि होइन ।

२५.
कोरोनाको त्रासमा कालोबजारी चलेको छ
कोरोनाको हल्लामा रगत चुस्ने काम भएको छ
मानवीय समवेदना रहेन अब
कोरोनाको भयमा जनता लुट्ने काम भएको छ ।

२६.
स्वार्थ पुरा नभएपछि खोइरो खन्छ मान्छे
इच्छा पुरा नभएपछि छिड्के हान्छ मान्छे
कस्तो समय आएको हो धैर्य गर्नै सक्दैन मान्छे
रहर पुरा नभएपछि उठिवास लगाउछ मान्छे ।

-राधेश्याम लेकाली

प्रतिक्रिया