‘चिनी कम रंग कडा’ को ‘सुगन्धि चक्षुले’ बोलको गीतको लिरिकल भिडियो सार्बजनिक

इनेप्लिज २०७७ जेठ २७ गते २२:०५ मा प्रकाशित

बिबेक घिमिरे निर्देशित फिल्म ‘चिनी कम रंग कडा’ को ‘सुगन्धि चक्षुले’ बोलको गीतको लिरिकल भिडियो सार्बजनिक गरिएको छ । मानव सुबेदी र सुशील सुबेदीको शब्द रचना रहेको गीतमा मानवकै संगीत तथा स्वर रहेको छ ।

मानव सुबेदी, सुशील सिटौला, अनु थापा, सुर्य थापा, रबिन जंग थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा याकोपो राचलिक र लुक मौसेरीको छायांकन, मानव सुबेदीको पार्श्व संगीत र कृष्ण भण्डारीको सम्पादन रहेको छ । गणेशदेव पाण्डेको निर्माण तथा लेखन रहेको फिल्मलाई ओटिटि प्लेटफर्म मार्फत रिलिज गर्ने तयारी गरिएको छ । यस अघि फिल्मको टिजर सार्बजनिक गरिएको थियो ।

https://www.youtube.com/watch?v=mWXGvtDuAOE&feature=emb_logo

प्रतिक्रिया