मानिस मरिसकेपछि अन्तिम संस्कार गर्न दिनु पर्दैन ? किन बिरोध गरेको ? हेर्नुहोस कारण त यस्तो पो रहेछ

इनेप्लिज २०७७ जेठ २७ गते १०:३२ मा प्रकाशित

मानिस मरिसकेपछि अन्तिम संस्कार गर्न दिनु पर्दैन ? किन बिरोध गरेको ? हेर्नुहोस कारण त यस्तो पो रहेछ

पोखरा महानगरले वडा नं ११ मणिपाल शिक्षण अस्पतालभन्दा केही तलको सेती नदीस्थित रिठ्ठे घाटमा कोकोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पोखरामा मृत्यु भएका स्याङ्जाका ६० वर्षीय पुरुषको शव व्यवस्थापन गर्ने निधो गर्‍यो ।

नेपाली सेनाले शव गाड्न खाल्डो खनेर ठिक्क पारिसकेका थिए । तर वडा नम्बर ११ र २० का वासिन्दाले विरोध गरे । सेती किनारमा शव गाड्दा आफूहरुलाई जोखिम हुने उनीहरुको तर्क थियो ।

पोखरा महानगरको वडा नम्बर ११ का अध्यक्ष मोहन बास्तोला, वडा नम्बर २० का अध्यक्ष सिम गुरुङ, प्रदेश सांसद विन्दुकुमार थापा समेत शव लैजान नदिने अडानमा थिए । पश्चिमाञ्चल अस्पतालको ठिक अगाडि रामघाट हुँदै शव गाड्न ल्याइएको भन्दै स्थानीयले विरोध गरे । नेपाली सेनाको टोलीले शव लैजान खोज्दा स्थानीय वासिन्दाले पटकपटक अवरोध गरेपछि स्थानीय प्रशासनले प्रहरी परिचालन गरेको थियो ।

विरोध गर्नेहरुले शव बोकेको गाडीको बाटो नै छेक्न आएपछि प्रहरीले लाठी चार्जसमेत गरेको छ । प्रहरीको लाठीचार्जबाट वडाध्यक्ष बास्तोलासहित केही सामान्य घाइते भएका छन् ।

https://www.youtube.com/watch?time_continue=13&v=oaEjnY3wwak&feature=emb_logo

प्रतिक्रिया