गजल

प्रकाश खड्का "अभियान " बोस्टन ,अमेरिका २०७७ जेठ २६ गते १०:०७ मा प्रकाशित

मङ्को मैलो तङ्को अहं हटाएर आऊ

हातेमालो भाइचारा बढाएर आऊ

मरी गए लानु छैन किन गर्छौ द्वन्द

प्रेमभाव हृदयमा बसाएर आऊ

तिम्ले आँटे मैले ठाने हुन्न के पो यहाँ

दुश्मनीको घना बस्ती जलाएर आऊ

जे जे भयो स्वप्न सोची भुली देऊ यैले

मित्रताको उपहार सजाएर आऊ

तेरो मेरो गर्न छोडौ मिलि बसौ साथै

बिगतका हासो ठट्टा जमाएर आऊ

 

प्रकाश खड्का “अभियान ”

बोस्टन ,अमेरिका

प्रतिक्रिया