अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय बाल समितिले आयोजना गरेको “अनेसास बालकविता प्रतियोगिता, २०७७” को नतिजा प्रकाशित गरेको छ ।
सो प्रतियोगितामा पोर्चुगलका मनस्वी खराल प्रथम, अमेरिकाका विवेक खरेल द्वितीय र जापानका रिआना बोगटी तृतीय हुनु भएको छ ।
पुरस्कृतहरु सबैलाई प्रमाणपत्र र नगदको व्यवस्था रहेको छ । प्रथम पुरस्कर राशी ३००/-, द्वितीय २००/- र तृतीय १००/- अमेरिकी डलर रहेको छ ।
साहित्यकार महेश पौडेल (नेपाल)को संयोजनमा सुमलकुमार गुरुङ (बेलायत) र सुरेन उप्रेती (क्यानडा) रहेको तीन सदस्यीय निर्णायक समितिले सो निर्णय गरेको हो ।
अनेसासद्वारा आयोजित यस प्रतियोगिताका लागि प्राप्त भएका कविताहरु उत्कृष्ट रहेको अनेसास बाल समितिका संयोजक डा केशव शर्माले बताएका छन ।
निर्णायक समितिका संयोजक महेश पौडेलले यस महत्वपूर्ण प्रतियोगितामा निर्णायक मण्डलको संवेदनशील जिम्मेवारी दिएकोमा कृतज्ञता ब्यक्त गरेका छन ।
आसन्न भयावह र विपन्न समयमा पनि अनेसास बाल समितिले नानीबाबुहरुलाई संलग्न गराएर यस्तो महत्वपूर्ण प्रतियोगिता गराएकोमा केन्द्रीय कार्यसमितिको तर्फबाट अध्यक्ष राधेश्याम लेकालीले हार्दिक धन्यवाद ब्यक्त गरेका गरेका छन ।
गणेश घिमिरे
महासचिव
प्रतिक्रिया