उता…
त्याे गजधम्मे कालाे ढुंगामा
देउता बस्छन्
भन्थ्याै नि हाेइन बा…
यताकाे याे अग्लाे पीपलबाेटमा
देउतै उभिन्छन्
भन्थ्याै नि हाेइन बा…
तेता त्याे हाम्लाई हेरिबस्ने डाँडाेमा
ईश्वर नै अग्लिन्छन्
भन्थ्याै नि हाेइन बा…
प..र देखिएकाे बादलमा
देउतै उड्छन्
भन्थ्याै नि हाेइन बा…
मा..थि बेअाकार अाकाशमा पनि
देउताकै अाकार हुन्छ
भन्थ्याै नि हाेइन बा…
फेरि
मान्छेमा ईश्वर हुन्छ भनेर चाहिं किन नभनेका मेरा बा तेतिखेर
के तिमीलाई थाहा थियाे आजको काे मान्छेकाे निरीहता उहिले नै?
अनि नि बा
मङ्गलमा पुगेकाे त्याे मान्छे आज
किन श्वास फेर्न पनि डराइबसेकाे जेल बसेझैं
अनि अर्काे मान्छेबाट यति बिघ्न किन डराइरहेकाे नेल ठाेकेझैं
याे समयले मान्छेलाई किन टाढा टाढा बस्ने बनाएकाे दुई किनारझैं
फेरि
त्याे चरा त चरा नै छ उहिले झैं
उसकाे गीत त गीत नै छ पहिलेझैं
मृगकाे चन्चल नृत्य पनि त उही छ
पुरानै वाटिकामा
हेर न बिर्सेकाे छैन त मछलीले नृत्य गंगा
सानाे कमिला अनि उस्तै छ त उसकाे छुनुमुनु
प…रकाे त्याे घाम थाक्दैन त हामीलाई तताएर
उतैकाे त्याे जून थाक्दैन त धर्तीलाई शीताएर
यतै करेसाकाे त्याे बाेट
मुर्झाएकाे छैन त बिरामिएर
हरियाली फर्फराइ रहेछन् त उसका पत्रहरू
पहिलेभन्दा खुसी अनि निर्धक्क लाग्छन् त
बतास र डाँडाकाँडाहरू
पहिलेभन्दा उन्मुक्त लाग्छन् त चरा र रूखहरू
मान्छे मात्र किन यतिखेर
भिन्न जात लागिरहेछ पहिलेभन्दा बा…
किन ऊ सँगकाे सम्बन्ध त्रास बल्झिरहेछ अनुहारमा
किन आफन्तहरू नै
सबैभन्दा पर पर भागिरहेछन् ऊ देखि
हावा त उसरी नै चल्छ त बा
पानी पनि त उसरी नै बग्दैछ
फेरि किन हराएजस्ताे मान्छेकाे जात
कतै बगेर गए जस्ताे उसकाे लिङ्ग
खै त उसकाे पद
कता बेपत्ता भए त क्षेप्यास्त्र, अन्तरिक्षयान र अणुबम
यसरी
किन लाग्दैछ मान्छेजात मात्र प्रतिकूल र निहत्था
याे दुनियामा
किन काम गरिरहेका छैनन् उसका हात
किन साेच्न सकिरहेकाे छैन उसकाे माथ
किन हारिरहेछ यसरी
मान्छेकाे गाैरव र सान
किन यसरी बिमार मात्र हात लागेकाे उसलाई
के भएकै हाे त उसकाे सीमान्त
के थाकेकै हाे त सृष्टि मान्छेदेखि
अनि किन उठ्दैनन् ढुङ्गाहरू मानव खातिर
अनि किन बाेल्दैनन् देउताहरू सृष्टि खातिर ?
-जगन्नाथ पाैडेल
प्रतिक्रिया